बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

प्रधानमन्त्रीद्वारा गाईजात्रा पर्वको शुभकामना

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको शुभकामना व्यक्त गरेका छन्।

प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत गाईजात्रा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारणको कामनासमेत गर्नुभएको छ । प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्,“गाईजात्रालाई सांस्कृतिक रूपमा मनाउनेहरूका परिवारमा छिट्टै शोक निवारण होस् । यस पर्वलाई व्यङ्ग्यविनोदका रूपमा मनाउनेहरूलाई पनि स्वस्थ मनोरञ्जन प्राप्त होस् । सबैलाई गाईजात्राको हार्दिक शुभकामना!”
प्रधानमन्त्री ओलीले मध्यकालीन समयमा नेवारी परम्पराबाट सुरु भएको गाईजात्रा पर्वलाई प्रताप मल्लको समयदेखि देशैभर मनाउन थालिएको उल्लेख गरे।

“मृत्यु शोकमा रहेका परिवारले आआफ्ना घरबाट गाईजात्रा निकाल्नुपर्ने चलन चलाएर मृत्यु जतासुकै र जोसुकैको परिवारमा रहेको सान्त्वनापूर्ण मनोवैज्ञानिक सन्देश दिन यस पर्वको सुरुआत भएको मानिन्छ”, प्रधानमन्त्रीले शुभकामना उल्लेख गरेका छन्, “सामाजिक मनोविज्ञानलाई मृत्युको भयबाट सान्त्वनातर्फ ल्याउँदै हल्का पार्न र पीडा कम गर्न सुरु भएको पर्व समयक्रममा हास्यव्यङ्ग्यतर्फ रूपान्तरित भएको पाइन्छ ।”

प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज काठमाडौँ उपत्यकामा विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाइँदैछ ।

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समाधानका विषयमा छलफल

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समा…

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्यौपाने

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

गृह श्रमिकहरूलाई कानुनी मान्यता दिन सरकारको तयारी

गृह श्रमिकहरूलाई कानुनी मान्यता दिन सरकारको तयारी

बुढी गण्डकीका सिईयोले लिए सपथ, परिणाममुखी काम गर्न उर्जा मन्त्रीको निर्देशन

बुढी गण्डकीका सिईयोले लिए सपथ, परिणाममुखी काम गर्न उर्जा मन्त्रीको निर्देशन

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवा…

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह

हिमनदी पग्लने क्रम रोक्न मिलेर काम गर्न विश्व समुदायलाई प्रधानमन्त्रीको आग्रह