उपलब्धि रक्षाका लागि परिवर्तनकारी शक्तिको भूमिका सम्बन्धमा नेता श्रेष्ठ र यादवबीच छलफल

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवबीच लोकतान्त्रिक उपलब्धिको रक्षा तथा समाजवादको दिशातर्फ अघि बढ्न परिवर्तनकारी शक्तिबीचको सहकार्य सम्बन्धमा छलफल भएको छ ।
नेता श्रेष्ठको निवास हात्तीवनमा आज भएको छलफलमा उनीहरूबीच सङ्घीय लोकतान्त्रिक गणतन्त्र र समाजवाद उन्मुख समावेशी लोकतन्त्रको संरक्षण तथा सुदृढीकरणमा सङ्घर्षरत शक्तिको भूमिकाबारे विचारविमर्श भएको श्रेष्ठका सचिवालयले जनाएको छ । रासस

भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा : र…

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली

नारायणकाजीको राजनीतिक सक्रियता बढ्दो

अनिल झाले छाडे लोसपा, प्रवक्ताबाट हटाइए मनिष मिश्र

एकीकृत समाजवादीका नेता/कार्यकर्ताले पार्टीविपरित सामाजिक सञ्जालमा लेख्न नपाउने

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

अर्थसहित दुई समितिको बैठक बस्दै

प्रतिक्रिया