सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्यौपाने

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सेवाकालीन तालिमलाई बढुवाका लागि अङ्क प्राप्त गर्ने माध्यमका रूपमा सीमित राख्न नहुने बताएकी छन् । उनले तालिमलाई कार्यक्षेत्रमा दक्ष, चुस्त–दुरुस्त र जनमुखी सेवा प्रवाह गर्न सक्नेगरी प्रभावकारी प्रशिक्षणका रूपमा विकसित गर्नुपर्नेमा जोड दिइन् ।
मन्त्रालयअन्तर्गत स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेश र स्थानीय तहमा कार्यरत अधिकृतस्तरका कर्मचारीका लागि ३२ दिने सेवाकालीन तालिमको आज यहाँ शुभारम्भ गर्दै उहाँले तालिमबाट कार्यक्षेत्रमा आवश्यक ज्ञान र सीप प्राप्त हुने विश्वास व्यक्त गरिन्
मन्त्री न्यौपानेले सबै सेवा समूहका कर्मचारीलाई एउटै ढाँचामा तालिम दिने प्रवृत्तिले अपेक्षित नतिजा ल्याउन नसक्ने बताउँदै सम्भव भएसम्म सेवा समूहअनुसार विशिष्ट ज्ञान तथा सीप प्रदान गर्ने तालिम प्रणाली विकास गर्नुपर्ने बताइन् । “तालिमले कर्मचारीको ज्ञान मात्र होइन, व्यवहारिक दक्षता, जिम्मेवारीबोध र जनतासँगको सम्पर्क सुधारमा प्रत्यक्ष योगदान पुर्याउनुपर्छ । त्यसैले सबै समूहका जनशक्तिलाई एउटै खालको तालिम दिएर हुँदैन । सेवा प्रवाह पारदर्शी, परिणाममुखी र समयमै उपलब्ध हुने खाल ज्ञान हासिल गर्न सोहीअनुसार तालिम प्रणालीको विकास आवश्यक छ”, उनले भने ।
मन्त्री न्यौपानेले यस प्रकारका प्रशिक्षणले प्रशासनिक कार्यसम्पादनमा गुणस्तरीय सुधार ल्याएर जनताको विश्वास पुनःस्थापित गर्ने, उत्तरदायित्व अभिवृद्धि गर्ने र नीति–कार्यन्वयन प्रक्रियालाई तीव्र बनाउन सहयोग पु¥याउने धारणा राख्नुभयो । कार्यक्रममा मन्त्रालयका उपसचिव, प्रतिष्ठानका कार्यकारी निर्देशक, वरिष्ठ प्रशिक्षकलगायतको सहभागिता रहेको थियो । त्यस अवसरमा तालिमका लक्ष्य, कार्ययोजना र विषयवस्तुबारे जानकारी गराइएको थियो ।
-

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समा…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

प्रधानमन्त्रीद्वारा गाईजात्रा पर्वको शुभकामना

गृह श्रमिकहरूलाई कानुनी मान्यता दिन सरकारको तयारी

बुढी गण्डकीका सिईयोले लिए सपथ, परिणाममुखी काम गर्न उर्जा मन्त्रीको निर्देशन

चुरे क्षेत्रको संरक्षण गर्न तीनै तहको सरकार र स्थानीयबीच सहकार्य आवश्यकः कार्यवा…

प्रतिक्रिया