‘माग्ने राजा’ माग्ने बुढा पात्रकै वृत्तान्त

काठमाडौँ- करिब दुईदशकदेखि टेलिभिजन र नेपाली चलचित्रमा माग्ने बुढा पात्रको रुपमा परिचित हुनुहुन्छ केदार घिमिरे । प्रदर्शनको तयारीमा रहेको घिमिरे अभिनित चलचित्र ‘माग्ने राजा’ उहाँको त्यही पात्रको कथाको वृत्तान्त हो ।
अभिनेता तथा हाँस्य कलाकार घिमिरे ‘माग्ने राजा’ चलचित्रमा एउटा सामान्य व्यक्तिले आफूलाई राजा ठानेपछि आउने घटनाक्रमलाई प्रस्तुत गरिएको बताउनुहुन्छ । उक्त चलचित्रको ‘ट्रेलर’ सार्वजनिक भएपछि प्राप्त प्रतिक्रियापश्चात् कलाकार घिमिरेले यस चलचित्रमा मनोरञ्जनसँगै गहन विषय उठान गरिएको बताउनुहुन्छ ।
उनले भने, “चलचित्रका प्रचार सामग्री हेर्दा रमाइलो मात्र लाग्न सक्छ, तर यसमा सन्देशमूलक कथा छ । यसले हामीलाई मनोरञ्जनात्मक शैलीमै केही सिकाउँछ । यो मेरो ‘माग्ने बुढा’ को पात्रलाई प्रस्ट्याउने चलचित्र बनेको छ ।” उनले चलचित्र आफूमै केन्द्रित रहेको बताए । एउटा सामान्य व्यक्तिले पैसा कमाएपछि आउने उतारचढावलाई कलात्मक रुपमा श्रव्यदृश्यमा प्रस्तुत गरिएको निर्माण पक्षत्रले जनाएको छ । उक्त चलचित्रका लेखक सामीप्यराज तिमल्सेनाले चलचित्रमा ‘माग्ने बुढा’ को चरित्रलाई पूर्ण रुपमा प्रस्तुत गरिएको बताए ।
“यो माग्ने बुढाको जीवनयात्रा हो भन्दा फरक नपर्ला । किनकि यसमा हामीले उहाँको चरित्रलाई केन्द्रित गरेर कथा तयार गरेका छौँ । कलाकार घिमिरेको उपनामलाई प्रस्ट्याउने चलचित्र हो”, उनले भने । अभिनेत्री वर्षा सिवाकोटीले कथावस्तु र निर्माण समूहका कारण आफूले चलचित्रमा काम गरेको बताए । उक्त चलचित्रका निर्देशक ऋषि लामिछानेले जीवनकालमा हरेक मानिसले भोग्ने हाँसो र रोदनको मिश्रण ‘माग्ने राजा’ मा रहेको बताए ।
उक्त चलचित्रलाई दाङको घोराही उपमहानगरपालिका–४ का वडाध्यक्ष समेत रहनुभएका कलाकार मुनाल घिमिरेले निर्माण गरेका छन् । चलचित्र तीजको अवसर पारेर आगामी भदौ ६ गतेदेखि प्रदर्शन गरिने वितरक रोहित कट्टेलले जानकारी दिए ।

ऋतिक र जुनिएर एनटिआरको फिल्ममा १० लाख भन्दा बढीको चासो

धनुषसँगको ‘अफेयर’बारे के भन्छिन् मृणाल ठाकुर ?

पाँच कार्टुनिष्टलाई ‘बराथ स्मृति सम्मान’ प्रदान

राजेन्द्र वाग्लेको उपन्यास ‘अन्तिम छाल’ सार्वजनिक

को बढी शिक्षित, आमिर कि शाहरुख खान ?

पाँच देशमा अझै कायम छ बहुपति प्रथाको चलन

स्मृति इरानी बनिन्, सबैभन्दा बढी कमाउने टेलिभिजनकी कलाकार

प्रतिक्रिया