बुधबार २८ साउन, २०८२
Wednesday, August 13, 2025

पाकिस्तानमा पहिरोले आठ जनाको मृत्यु, चार घाइते

इस्लामावाद- पाकिस्तानको गिलगिट जिल्लामा सोमबार गएको पहिरोमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य चार जना घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार स्वयंसेवकहरूको समूह देशको गिलगिट–बाल्टिस्तानको जिल्ला गिलगिटको डान्योर नामक बाढी प्रभावित खोलाको जीर्णोद्धार गरिरहेको अवस्थामा घटना भएको हो । 

उनीहरु यस अघि बाढीबाट क्षतिग्रस्त भएको संरचना मर्मत गर्ने सामुदायिक टोली भएको उल्लेख गर्दै काम गरिरहेको अवस्थामा पहाडबाट माटो र चट्टानहरू अचानक झरेपछि धेरै मानिसहरू भग्नावशेषमुनि पुरिएको प्रहरीले जनाएको छ ।  

उद्धार टोली, प्रहरी र स्थानीयहरूले घटनास्थलबाट आठ वटा शव र चार घाइतेलाई भग्नावशेषबाट बाहिर निकाल्न सफल भएको प्रहरीले जनाएको छ  । उनीहरुलाई नजिकैको अस्पतालमा लगिएको तथा घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताइएको छ ।

केही व्यक्तहरु पहिरोमा फसेको आशङ्कामा खोजी अभियान जारी रहेको जनाउदै प्रहरीले पहिरो प्रभावित क्षेत्रमा सुरक्षित रहन सर्वसाधारणलाई चेतावनी जारी गरेको छ ।  

गिलगिट–बाल्टिस्तानका मुख्यमन्त्री हाजी गुलबर खानले उक्त घटनाप्रति गहिरो शोक व्यक्त गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । क्षतिग्रस्त संरचना निर्माणमा तल्लिन साहसी स्वयंसेवकहरूको बलिदानलाई सधैँ स्मरण गरिने जनाउदै दुःखको  समयमा सरकार उनीहरुको परिवारको  साथमा रहेको उल्लेख गर्दै उहाँले विज्ञप्ति जारी गर्नुभएको छ । (सिन्ह्वा)