आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौँ- आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन आव २०८०÷८१’ पेस गर्नुहुने सम्भावित कार्यसूची छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यसैगरी, राष्ट्रियसभाको बैठक १:१५ मा बस्दैछ । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ सभासमक्ष पेस गर्ने कार्यसूची छ ।
संविधानसभा सदस्य एवं पूर्वराज्यमन्त्री खड्गबहादुर बस्यालको निधनप्रति दुवै सदनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम छ ।

भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा : र…

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली

नारायणकाजीको राजनीतिक सक्रियता बढ्दो

अनिल झाले छाडे लोसपा, प्रवक्ताबाट हटाइए मनिष मिश्र

एकीकृत समाजवादीका नेता/कार्यकर्ताले पार्टीविपरित सामाजिक सञ्जालमा लेख्न नपाउने

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

अर्थसहित दुई समितिको बैठक बस्दै

प्रतिक्रिया