मंगलबार २७ साउन, २०८२
Tuesday, August 12, 2025

अर्थसहित दुई समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद अन्तर्गतका दुई समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछ ।

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । जुन बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकमाथि दफावार छलफल हुनेछ ।

साथै, विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा डिजिटल गभर्नेन्स अवलम्वन गर्ने सम्बन्धमा नेपाल सरकारबाट भएका काम कारवाही एवं कार्ययोजना र तयारी सम्बन्धमा छलफल हुनेछ। बैठक बिहान ११:३० बजेबाट सुरू हुनेछ ।