अनिल झाले छाडे लोसपा, प्रवक्ताबाट हटाइए मनिष मिश्र

काठमाडौँ- लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट अनिलकुमार झाले राजीनामा दिएका छन् ।
लामो समयदेखि लोसपा राजनीतिमा निष्क्रिय रहँदै आएका झाले ह्वाटसपमार्फत अध्यक्ष महन्थ ठाकुरलाई राजीनामा बुझाएका हुन् ।
बिगत एक वर्षदेखि नै लोसपा राजनीतिमा निष्क्रिय रहेका झाले राजीनामा बुझाए लगत्तै अध्यक्ष ठाकुरले स्विकृत गरिदिएको महासचिव सुरेन्द्रकुमार झाले बताए ।
‘उहाँ लामो समय देखी लोसपामा निष्क्रिय जस्तै हुनुहुन्थ्यो, एक महिना अघि उहाँले ह्वबाटसपबाट अध्यक्षज्यूलाई राजीनामा पठाउनु भएको थियो, अध्यक्ष ठाकुरजीले स्वकिृत गरिसक्नु भएको छ,’ उनले भने ।
यसबारेमा झासँग सम्पर्क गर्दा उनले भने, ‘हो मैले लोसपा छाडे ।’ तर, एक महिना अघि राजीनामा दिए पनि तर राजीनामाको मितिमा भने अघिल्लो वर्षको मिति उल्लेख छ ।
समाचार अनुसार उनी लाेसपामा नै रहँदा पनि नेपाल सदभावना पार्टी पुनर्गठन गर्न खोजिरहेका थिए । नेपाल सदभावना पार्टी र पञ्जा छाप चुनाव चिन्ह लिने उनको प्रयास जारी रहेको छ तर सफल भएको छैन् ।
सो पार्टी सिरहाका रामकुमार महतो नामका एक जना पुराना सदभावना नेताको नाममा दर्ता रहेको छ । उनले महतोको नाममा पार्टी दर्ता भए पनि झाले अध्यक्षको हैसियतमा सोही नाममा निर्वाचनमा आयोगमा दर्ता गराएपछि महतोले आफुलाई 'अपहरण गरेर सो पार्टी कब्जा गर्न खोजेको' भन्दै आयोगमा उजुरी दिएका छन्, जो अहिले पनि मुद्दा चलिरहेको छ। तर, उनले झालाई सो पार्टी दिन चाहिरहेका छैनन्। र, निर्वाचन आयोगमा उनले प्रयास गरे पनि अझै पाउन नसकेको बुझिएको छ ।
'उहाँले पार्टी दिनका लागि बिभिन्न अफर गर्नु भएको थियो, पार्टी नै हो कसरी उहाँलाई दिन सकिन्छ, मैले दिएको छैन, उहाँ लफडाबाजी गरिरहनु हुन्छ,' महतोले भने ।
यता, एक महिना अघि मात्रै प्रवक्तामा नियुक्ति भएका महासचिव मनिष झाको प्रवक्ताको जिम्मेवारी खोसिएको छ। खासमा केपी शर्मा ओली सरकारमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीको ‘फिर्ता’ का बारेमा अभिब्यक्ति दिए पछि उनको पद खोसिएको बुझिएको छ।
‘सहमति अनुसार शरदसिंह भण्डारीले अब राजीनामा दिएर पार्टी काममा फर्कनु हुन्छ, अब सरकारमा नयाँ अनुहार जान सक्छन्,’ भन्ने अभिब्यक्ति दिएकाले उनलाई अध्यक्ष ठाकुरले प्रवक्ताबाट राजीनामा दिन लगाएका थिए । उनले प्रवक्ताबाट राजीनामा दिए पनि महासचिव पद भने कायमै रहेको छ ।
श्रम मन्त्री भण्डारी ओलीको कार्याकाल भरी रहने सहमति भए पनि मिश्रले सो बिपरित अभिब्यक्ति दिए पछि उनको राजीनामा माग गरिएको हो । स्रोतका अनुसार भण्डारी ओलीको कार्यकाल भरी रहने छन् भने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको कार्याकालमा लोसपाले नयाँ अनुहार पठाउने गरी सहमति भइसकेको छ ।
यद्दपी, यसअघिको सहमति अनुसार भण्डारीले १ वर्ष मात्रै मन्त्री बन्ने र राजीनामा दिएर अर्को ब्यक्ति पठाउने सहमति भएको थियो ।

भाग्य र भविष्य कोर्दै समृद्ध नेपाल बनाउने युगिन अभिभारा युवाहरूको काँधमा : र…

हाम्रो लक्ष्य सुशासन र विकास केन्द्रित हुनुपर्छः प्रधानमन्त्री ओली

नारायणकाजीको राजनीतिक सक्रियता बढ्दो

एकीकृत समाजवादीका नेता/कार्यकर्ताले पार्टीविपरित सामाजिक सञ्जालमा लेख्न नपाउने

बागमतीका मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै

अर्थसहित दुई समितिको बैठक बस्दै

आज सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

प्रतिक्रिया