रोनाल्डोले गरे इन्गेजमेन्ट

रियाद- विश्व चर्चित फुटबलर क्रिस्टियानो रोनाल्डोले छिट्टै विवाह गर्ने भएका छन् ।
हाल ५ सन्तानका पिता रोनाल्डोकी पार्टनर जर्जिना रोड्रिग्वेजले इन्स्टाग्राममा एउटा पोस्ट गरेकी छिन्, जसले अहिले इन्टरनेटमा हलचल मच्चाएको छ । वास्तवमा लामो समयदेखि उनीहरूको इन्गेजमेन्टको खबर आएको थियो, जसमा जर्जिनाले पूर्णविराम लगाएकी थिइन् । उनले इन्गेजमेन्टको खबर पुष्टी गरेकी छिन् ।
पोर्चुगल फुटबल टिमका कप्तान क्रिस्टियानो रोनाल्डो र मोडल जर्जिना रोड्रिग्वेज ८ वर्षदेखि सँगै बस्दै आएका छन् । उनीहरूले सन् २०१६ मा डेटिङ सुरु गरेका थिए । रोनाल्डो–जर्जिनासँग ४ सन्तान छन् । सन् २०१७ मा सरोगेसीमार्फत सन्तान (इभा मारिया र माटेओ)को जन्म भएको थियो, अलानाको पनि २०१७ मा जन्म भएको थियो । बेला नामक छोरी सन् २०२२ मा जन्मिएकी थिइन्, उनको छोरोको जन्मपछि नै मृत्यु भयो । रोनाल्डोको एक जेठो छोरा (रोनाल्डो जूनियर) पनि छन्, जसको आमाका बारेमा कसैलाई पनि थाहा छैन् ।
क्रिस्टियानो रोनाल्डोकी प्रेमिका जर्जिना रोड्रिग्वेजले इन्स्टाग्राममा एक पोस्ट पोष्ट गरेकी छिन्, जसमा उनी र रोनाल्डो हात समातिरहेको देखिन्छ । जर्जिनाको हातमा एउटा चम्किलो औंठी छ, जुन इन्गेजमेन्टको औंठी हो । उनले क्याप्सनमा लेखेकी छिन्, ‘हो, मैले निर्णय गरेको छु ।’ यो तस्बिर साउदी अरबको राजधानी रियादको हो, उनले पोस्टमा लोकेशन पनि सेयर गरेकी छिन् । यसपछि प्रयोगकर्ताले उनलाई बधाई दिन थालेका छन् ।
इङ्लिस मिडियाका अनुसार सन् २०२५ मा क्रिस्टियानो रोनाल्डोको कुल सम्पत्ति १.४५ बिलियन डलर छ । रोनाल्डोको आधार तलब करिब २० करोड डलर छ । उनले विज्ञापनबाट वार्षिक १५ करोड डलर कमाउँछन् ।
सन् २०२२ मा उनले साउदी टोलीसँग ६० करोड डलरको सम्झौता गरेका थिए, जसलाई यो वर्ष सन् २०२७ सम्म थप गरिएको छ । क्लबले रोनाल्डोसँग करिब ६२० मिलियन डलरमा दुई वर्षका लागि सम्झौता गरिसकेको छ ।

नेपाली महिला टोली आज साउदीसँग भिड्दै

एनपीएल अक्सन : १५० खेलाडीको अन्तिम सूची घोषणा

नेपाली महिला फुटबल टोली आज भुटानसँग भिड्दै

मैत्रीपुर्ण खेलमा टोटनहम र न्युक्यासल बराबरीमा

नेपाली यु-२० महिला रग्बी टोली घोषणा, २२ गते भारत जाने
ताप्लेजुङ गोल्डकप साउन अन्तिम सातादेखि

२५ औँ अन्तर्राष्ट्रिय फुल कन्ट्याक्ट प्रतियोगिता ‘लक्मल्स च्यालेञ्ज-२०२५’ मा नेपालला…

प्रतिक्रिया