मंगलबार २७ साउन, २०८२
Tuesday, August 12, 2025

संसदभित्रै अनसन बस्ने सांसद मोदीको चेतावनी

काठमाडौँ- नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले संसदभित्रै अनसन बस्ने चेतावनी दिएका छन् ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद मोदीले हुलाकी राजमार्गको कटहरि खण्ड निर्माण हुन थालेको १० वर्ष हुन लाग्दा समेत सम्पन्न हुन नसकेको भन्दै यस बिषयमा सभामुखबाट रुलिङ नभए  सांसदमै अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनले आफुले पटक पटक सदनमा उठाएको बिषयमा सरकारले कुनै चासो नदेखाएको र कटहरि खण्डको सडकमा नै जनताले धान रोपाई गर्न थालेको जिकिर गरे ।

सांसद मोदीले सरकारको ध्यान भ्रष्टाचार कमिशनमा मात्रै केन्द्रीत भएको आरोप लगाए ।