सामसुङले स्मार्टफोन मर्मतका लागि सुरु गर्यो सामसुङ 'मनसुन क्याम्प'

काठमाडौँ- मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति सामसुङ नेपालले सामसुङ मनसुन क्याम्प सुरु गरेको छ । जुन ग्राहकलाई स्मार्टफोनको सबैभन्दा संवेदनशील भाग, चार्जिङ पोर्ट, मर्मत गर्न सहयोग गर्ने उद्देश्यले ल्याइएको हो।
यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुनेछ, जसअन्तर्गत सामसुङ प्रयोगकर्ताहरूले वारंटी भए/नभएको कुराले फरक नपारी, अधिकृत सामसुङ सेवा केन्द्रमा गएर नुक्सान भएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्।
यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्नेछ। यो सेवा केवल सामसुङ का अधिकृत सेवा केन्द्रहरूमा मात्र उपलब्ध हुनेछ।
सामसुङ नेपालका डेपुटी जनरल म्यानेजर तथा प्रमुख राजन भट्टराई भन्छन्,"सामसुङ नेपालमा हामी हाम्रो ग्राहकलाई मौसम जे भए पनि टेन्सन–फ्री अनुभव दिन प्रतिबद्ध छौं। वर्षामा विशेष गरी चार्जिङ पोर्टमा असर गर्ने चिस्यान र पानीका जोखिमहरू बढ्छन्। त्यसैले हामी मनसुन क्याम्प मार्फत समयमै मर्मत सुविधा दिन चाहन्छौं, ताकि हाम्रा प्रयोगकर्ताले आफ्ना फोन प्रयोग गर्न सकून्।"
सामसुङले सबै प्रयोगकर्तालाई यो सीमित समयको सेवा उपयोग गर्न आग्रह गरेको छ।

प्रोटनले नेपाली सपनालाई उर्जा दिँदै ल्यायो 'ड्रिम अ ड्रीम' क्याम्पेन

बिराटनगर किंग्सद्वारा हायात सेन्ट्रिकसँग आगामी सिजनको लागि पुन: सहकार्य

जेडटीईका स्मार्टफोनहरू अब शून्य प्रतिशत ब्याजमा

स्मार्टफोन शाओमी १४टी को मूल्य घट्यो, अबको मूल्य कति ?

नेपालमा दुई नयाँ ट्याब्लेट, शाओमी प्याड ७ र रेड्मी प्याड २ को प्रि बुकिङ खुल्ला

एचएमडी क्रेस्ट म्याक्स फाइभजी नेपाली बजारमा, के-के छ सुविधा ?

एप्पलले चीनबाट उत्पादन बन्द गर्ने, अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ 'मेड …

प्रतिक्रिया