अविरल वर्षाले साल्पामा छ घर विस्थापित
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_FNe5BX8wtF_iubmj1o8hyvl4xejpbhphtdiuvs3cikv6zaidktdm2edkh09tbmyi2gcqs9g_G56ed6xXZy_amzeukrcez5kz1cpjbehli7mgl3ejgegrte4ofqogao8pivs2hgyelfp87po_6ktvrxUF9L_njgilerky8xhi5qh9qhum2njrbmxs4uzuqlerbbnmfjwwshqmawyeyjnzr7k.jpg)
टक्सार (भोजपुर)- अविरल वर्षाका कारण भोजपुरको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिका–६ मा छ घरपरिवार विस्थापित भएका छन् ।
केही दिनदेखिको अविरल वर्षाका कारण साल्पासिलिछो वडा नं ६, खाम्दाकका छ घर परिवार घर छाडेर अन्यत्र विस्थापित भएका हुन् । घरमाथि र मुनिबाट पहिरो जान थालेपछि उनीहरूलाई सुरक्षित आफन्त तथा अन्य स्थानमा स्थानान्तरण गरिएको वडाध्यक्ष विक्रम वनले जानकारी दिए ।
चर्किएर घरमा बस्न नमिल्ने गरी क्षति पुगेकाले उनीहरूलाई आफन्त र क्लबको भवनमा राखिएको वडाध्यक्ष वनको भनाइ छ ।
विस्थापित हुनु हुनेहरूमा सोही वडाका विक्रम राई, विजय राई, धर्मराज राई, दलकुमार राई, ज्योती राई र देउराज राईको परिवार रहेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उमेश यादवले वर्षासँगैको पहिरोको जोखिममा परेको जानकारी आएको बताए ।

पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

‘चरणदास चोर’ साउन ३१ गतेदेखि

बजेट अभावमा भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अलपत्र

पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

संस्कार, संस्कृतिको संरक्षणमा जुट्दै भोजपुरका ‘नेवार समुदाय’

कोशी प्रदेशमा लिम्बु र मैथली भाषा सरकारी कामकाजी भाषा बनाइने

प्रतिक्रिया