कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

दमौली (तनहुँ)- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसले सधैँ सहिदको उच्च सम्मान गर्ने बताएका छन् ।
सहिद कल्याण खनालको २३ औँ स्मृति दिवसको अवसरमा तनहुँको भिमाद नगरपालिका–६ मा आज आयोजित स्मृतिसभामा सभापति देउवाले सहिदको योगदानकै कारण पार्टी आजको स्थितिसम्म आइपुगेको बताउँदै सहिदलाई कहिल्यै बिर्सन नहुने बताए ।
सभापति देउवाले भने, “पार्टीका लागि सहिद भएकाको परिवारलाई पार्टीले सधैँ हेर्छ । उच्च मूल्याङ्कन गर्छ ।” उनले विसं २००७ देखि नै लोकतन्त्रका लागि तनहुँबाट धेरैले ज्यान गुमाएको स्मरण गर्दै देशका लागि ज्यान गुमाउनेहरूको रगत खेर जान नदिने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “त्यस्तै बलिदान दिनेमध्ये सहिद कल्याण खनाल हुनुहुन्थ्यो । देशका लागि जीवन बलिदानी दिने साथीहरूले देखाएको बाटोमा अगाडि बढ्नुपर्छ । उहाँहरूले देखाएको बाटोमा अगाडि बढेमात्रै सहिदप्रति सच्चा सम्मान हुनेछ ।”
सभापति देउवाले सहिद कल्याण खनाललाई व्यक्तिगत रूपमा चिनेको बताउँदै तत्कालीन अवस्थामा उनले आफूलाई धेरै सहयोग गरेको स्मरण गरे ।
सो अवसरमा सभापति देउवाले सहिद कल्याण खनालको सम्झनामा निर्माण गरिएको अर्धकदको सालिकको अनावरण गरेका थिए ।

अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री ओली

बागमतीका मुख्यमन्त्री बाँनियाँले पाए विश्वासको मत

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : प्रचण्ड

आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु प्रदेश सरकारको परिकल्पना: मुख्यमन्त्री बान…

कांग्रेस-एमाले गठबन्धन २०८४ को निर्वाचनसम्म तलमाथि हुँदैन : प्रधानमन्त्री ओली

प्रतिक्रिया