अनिल झाले पाए नेपाल सदभावना पार्टी र पञ्जा छाप

काठमाडौँ- निर्वाचन आयोगले अनिलकुमार झालाई नेपाल सदभवना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ ।
आज बसेको आयोगको बैठकले झालाई पार्टी र चुनाव चिन्ह दिने निर्णय गरेको हो।
`निर्वाचन आयोगले मेरो पक्षमा निर्णय गर्दै नेपाल सदभावना पार्टी र पञ्जा छाप दिने निर्णय गरेको छ, पत्र भोलीसम्म पाउँछु होला,`झाले भने ।
सो पार्टी रामकुमार महतोको नाममा दर्ता रहेको र सो पार्टीको नेतृत्व हस्तान्तरण गर्न आग्रह गरे पनि उनले झालाई दिएका थिएनन्
जसका कारण महतो र झा बिच सो पार्टी र पार्टी चिन्हका बारेमा कानुनी लडाई चलिरहेको थियो। तर, अन्तत: झाले बाजी मारेका हुन् ।
`६० प्रतिशत भन्दा बढी केन्द्रीय नेताले मेरो पक्षमा हस्ताक्षर गरे पछि पार्टी र चिन्ह मैले पाएको हुँ,´ झाले भने ।
आयोगले झाको पक्षमा निर्णय गरे पछि महतो भने अदालत जाने भएका छन् । `अब म अदालत जान्छु, यो जालझेलपुर्ण निर्णयको बिरोधमा उभिन्छु।`
उनले लोकतान्त्रिक समाजवादी पार्टीवाट गत चैत ४ गतेको ब्याक डेट साउन पहिलो साता अध्यक्ष महन्थ ठाकुरसमक्ष राजिनामा दिएका थिए । जो स्वीकृत भईसकेको छ।
गजेन्द्रनारायण सिंहको लिगेसी रहेको नेपाल सदभावना पार्टी र चुनाव चिन्ह पाए पछि झाले निकट भविश्यमा पत्रकारसम्मेलन गरेर पार्टीको धारणा सार्बजनिक गर्नेछन् ।

सबै भूमिहीनलाई लालपुर्जा दिलाएर इतिहास रच्नुस् : प्रधानमन्त्री ओली

बागमतीका मुख्यमन्त्री बाँनियाँले पाए विश्वासको मत

कांग्रेसले सहिदलाई सधैँ सम्मान गर्छ : सभापति देउवा

महिला उद्यमशीलताको सरकारले नेतृत्व लिनुपर्छ : प्रचण्ड

आत्मनिर्भर र समृद्ध प्रदेश निर्माण गर्नु प्रदेश सरकारको परिकल्पना: मुख्यमन्त्री बान…

कांग्रेस-एमाले गठबन्धन २०८४ को निर्वाचनसम्म तलमाथि हुँदैन : प्रधानमन्त्री ओली

प्रतिक्रिया