युक्रेन ‘आफ्नो भाग्य चयन गर्न’ सक्षम हुनुपर्छ : इयु

ब्रसेल्स- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई भेट्ने तीन दिनअघि युरोपेली सङ्घ (इयु) का नेताहरूले मङ्गलबार ‘युक्रेनको आफ्नै भाग्य छनोट गर्ने अन्तर्निहित अधिकार’ मा जोड दिएका छन् ।
“हामी, इयुका नेताहरू, युक्रेनविरुद्ध रुसको आक्रमणको अन्त्य गर्न र युक्रेनका लागि न्यायपूर्ण र स्थायी शान्ति र सुरक्षा प्राप्त गर्न राष्ट्रपति ट्रम्पको प्रयासलाई स्वागत गर्दछौँ”, एक विज्ञप्तिमा भनिएको छ, “स्थिरता र सुरक्षा ल्याउने न्यायपूर्ण र स्थायी शान्तिले स्वतन्त्रता, सार्वभौमिकता, क्षेत्रीय अखण्डता र अन्तर्राष्ट्रिय सीमाहरू बलद्वारा परिवर्तन गर्न नहुने सिद्धान्तहरूसहित अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्नुपर्छ ।”
युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की र युरोपेली नेताहरूले बुधबार ट्रम्पसँग भेट गर्ने कार्यक्रम छ ।
शुक्रबार पुटिनसँगको अलास्का शिखर सम्मेलनका लागि आफ्ना अपेक्षाहरूबारे ट्रम्प अस्पष्ट रहनुभएको छ र युक्रेनमा युद्धको अन्त्यका लागि रुसी नेताको विचारहरू अनुमान गर्न यसलाई ‘परीक्षण गर्ने’ बैठकका रूपमा वर्णन गरेका छन् ।
जेलेन्स्कीले बलपूर्वक कब्जा गरेको क्षेत्रलाई अस्वीकार गरेका छन् । फेब्रुअरीमा ह्वाइट हाउसको बैठकमा जेलेन्स्कीलाई सार्वजनिक रूपमा तिरस्कार गर्ने ट्रम्पले जेलेन्स्कीको दृष्टिकोणबाट आफू ‘थोरै चिन्तित’ भएको र भूमि साटासाट गर्नुपर्ने कुरामा जोड दिएका थिए।
“केही अदला–बदली हुनेछ, भूमिमा केही परिवर्तन हुनेछ” उनले भने ।
तर ट्रम्पले पुटिनलाई ‘तपाईंले यो युद्ध अन्त्य गर्नुपर्नेछ’ भनेर पनि भन्ने बताए । (एएफपी)

नेतान्याहु सरकारले २६२ गोहीको गोली हानेर हत्या गरेपछि पर्यावरणविरूद्धको आपत्ति

दिल्लीमा ७ महिनामा २६ हजार बढी मानिसलाई टोक्यो कुकुरले

सुडानको उत्तरी डार्फरमा शरणार्थी शिविरमा आक्रमण, ४० जनाको मृत्यु
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_6PqttWXwFX_b1utr7hqiby80nkyv0dgm3mv0spt1qihzmlelscskwx4g3t1f6evkz8qvtnv_pmd6VlafD5_i91xdmvhfyacjfsjnzgozamcckxkltylasddqhqczq4qxhxdcnscuuahrcpn_psHkrAssv3_7k9yjshycp6e1cwcw3jyjxwg6tnffzpxmottqliu319yiyxgesrlgauq9avp_r4ytEwQLZ9_mscikzmtxqii6ge837hx6xkqnjwkf2jmm9lypzbg4spegkbdjbaqfcqvznno.jpg)
अमेरिकाको टेक्सासमा गोली हानाहानमा तीन जनाको मृत्यु
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_FNe5BX8wtF_iubmj1o8hyvl4xejpbhphtdiuvs3cikv6zaidktdm2edkh09tbmyi2gcqs9g_G56ed6xXZy_amzeukrcez5kz1cpjbehli7mgl3ejgegrte4ofqogao8pivs2hgyelfp87po_xjc8y4Bxqi_cj3dem5j9pcl2hvj0untglnpvsdi5it1qmmxzlultphdg8ik8z6se9m5susz_73PzBxxpsp_u9eygwhhjayam5r10ig9kro69etsgwj6mw8yv5bzrlfestxllkjtsckslx8x.jpg)
भारतमा बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ७० पुग्ने सम्भावना: अधिकारीहरू

फिलिपिनीलाई पच्छाउँदा चिनियाँ सैनिक पानीजहाज एक आपसमा ठोक्किए

ट्रम्प-पुटिन बैठकस्थल नजिकै ५ चिनियाँ अनुसन्धान जहाज देखिए

प्रतिक्रिया