फिटकिरीले यसरी हटाउनुहोस् अनुहारको दाग

काठमाडौँ- छाला सफा, दागरहित र चम्किलो हुँदा मात्रै अनुहारको सौन्दर्य चम्किलो हुन्छ तर प्रदूषण, घाम, हर्मोनल परिवर्तन र छाला हेरचाहको गलत बानीका कारण अनुहारमा दाग र पिग्मेन्टेसनको समस्या सामान्य बन्दै गएको छ ।
महँगो क्रिम र उपचारमा खर्च गर्नु अघि किन पुरानो र प्रभावकारी घरेलु उपचार प्रयोग नगर्ने ? यो साधारण सेतो क्रिस्टल जस्तो देखिने चीजले छाला सफा मात्र गर्दैन् तर दागलाई बिस्तारै हल्का बनाउँछ।
फिटकिरीमा प्राकृतिक एन्टिब्याक्टेरियल र एस्ट्रिजेन्ट गुण हुन्छ । यसले छालालाई गहिरो रूपमा सफा गर्छ, मृत कोशिकाहरू हटाउँछ, छिद्रहरू कम गर्छ र छालालाई टोन दिन्छ। यसको प्रयोगले छालामा जम्मा भएको फोहोर, तेल र ब्याक्टेरिया कम हुन्छ, जसले गर्दा नयाँ दागहरू बन्ने सम्भावना कम हुन्छ।
फिटकिरी र पानी
- एक गिलास पानीमा फिटकरीको सानो टुक्रा हालेर २–३ घण्टासम्म छोड्नु होस्।
- यो पानीलाई कपासको सहयोगले अनुहारमा लगाउनुहोस्
- १० मिनेटपछि सादा पानीले धुनुहोस्
- हप्तामा दुई पटक प्रयोग गर्नुहोस्
फिटकिरी र गुलाब जल
- एक चम्चा गुलाबजलमा फिटकरीको धूलो मिसाएर पेस्ट बनाउनुहोस्।
- यसलाई दाग भएको ठाउँमा लगाउनुहोस्
- र, १५ मिनेट पछि धुनुहोस्
- यसले छालालाई टोन र उज्यालो बनाउँछ
फिटकिरी र कागती
- आधा चम्चा फिटकिरी पाउडरमा केही थोपा कागतीको रस मिलाउनुहोस्।
- दाग भएको ठाउँहरूमा लगाउनुहोस् र १० मिनेटको लागि छोड्नुहोस्
- चिसो पानीसँग धुनुहोस्
- यसले पिग्मेन्टेसन र कालो धब्बाहरूलाई हल्का बनाउँछ
फिटकिरी प्रयोग गर्दा सावधानीहरू
-फिटकिरीलाई सीधै छालामा लामो समयसम्म नराख्नुहोस्, यसले जलन हुन सक्छ
-संवेदनशील छाला भएकाहरूले प्याच टेस्ट गर्नु महत्त्वपूर्ण छ
- फिटकिरीले अनुहारको दाग हटाउनुहोस्, गर्नुहोस् यसरी प्रयोगखा वरिपरि फिटकिरी प्रयोग नगर्नुहोस्
- हप्तामा २–३ पटक भन्दा बढी प्रयोग नगर्नुहोस्
फिटकिरी अनुहारको दाग हटाउन सस्तो, प्राकृतिक र प्रभावकारी उपाय हो। यदी सही र नियमित रूपमा प्रयोग गरियो भने छाला केही हप्ता भित्रै सफा र चम्किलो देखिन थाल्छ। महँगो सौन्दर्य उत्पादनहरू अघि यो घरेलु उपाय अवश्य प्रयोग गर्नुहोस्।

देशभर मनसुन सक्रिय

नेप्से एआई एप डाउनलोड गर्दा गुम्यो २८ लाख

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

विदेश पठाउने प्रलोभनमा लाखौं ठगी गर्ने चार जना पक्राउ

गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टीन हिरो २०२५ का ग्लोकल २० अन्डर २० सार्वजनिक (सूच…

रवीन्द्रलाई २ लाख, खोखो विश्वकप उपविजेता टोलीलाई काठमाडौं महानगरबाट ११-११ ल…

खटाएको ठाउँमा नजाने शाखा अधिकृत र सुब्बालाई गृह मन्त्रालयले गर्यो गैलकट्टी

प्रतिक्रिया