भालु खोलाले बालक बगायो, ६०० मिटर तल भेटियो शव

कोशी- दमक-१० मा रहेको भालु खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ।
बिहान करिब ७ बजेतिर स्थानीय इन्द्र प्रसाईका ११ वर्षीय छोरा धर्मेन्द्र प्रसाई र सोही स्थानका कृष्ण प्रसाद ढकालका ११ वर्षीय छोरा भुपेन्द्र ढकाल घरदेखि करिब २०० मिटर उत्तरतर्फ रहेको भालु खोलामा पौडी खेल्न गएका थिए।
पौडी खेल्ने क्रममा धर्मेन्द्र प्रसाईंलाई खोलाले करिब ६०० मिटर तलसम्म बगाएको स्थानीयले देखेपछि तत्काल उद्धार गरी निम्स अस्पताल, दमक पुर्याइएको थियो। तर, अस्पतालमा ल्याइएपछि बिहान ७:५० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।
अर्का बालक भुपेन्द्र ढकाल भने सुरक्षित रहेको प्रहरीले जनाएको छ।
यस घटनापछि स्थानीयले वर्षा याममा खोलामा पौडी खेल्दा हुने जोखिमबारे सतर्क रहन अभिभावक र बालबालिका लाई आग्रह गरेका छन् ।

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_FNe5BX8wtF_iubmj1o8hyvl4xejpbhphtdiuvs3cikv6zaidktdm2edkh09tbmyi2gcqs9g_G56ed6xXZy_amzeukrcez5kz1cpjbehli7mgl3ejgegrte4ofqogao8pivs2hgyelfp87po_Lnrf7THWHj_diuuydjfc0d2qunj6laf9kbn3lcb55vqkifc8gpdq6qeuwnv6xoqcxkbul9e.jpg)
अविरल वर्षाले साल्पामा छ घर विस्थापित

पाँचथरमा एकै वर्षमा लडेर २५ जनाको मृत्यु

सवारी दुर्घटनामा दुईको मृत्यु

‘चरणदास चोर’ साउन ३१ गतेदेखि

बजेट अभावमा भोजपुरको ‘शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवन’ निर्माण अलपत्र

पहिरोले एक घरमा क्षति, १२ घर जोखिममा

प्रतिक्रिया