विपक्षी दलहरूले अस्थिरताको पक्षपोषण गरे: प्रधानमन्त्री ओली

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षमा रहेका दलहरूले अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विपक्षमा रहेका दलहरुलाई स्थिरता अप्रिय लागेको र अस्थिरताको पक्षपोषण गरिरहेको आरोप लगाएका हुन् । अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने उनले बताए ।
प्रधानमन्त्री ओलीले मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरु मिलेर, अन्य दलहरूको समेत सहयोगमा वर्तमान सरकार गठन भएको स्पष्ट पारे । लोकतन्त्रका लागि लड्ने र जेलनेल सहितको यातना भोग्ने शक्ति संसदमा रहेको भन्दै उनले वर्तमान प्रणाली ज्यान सरह प्रिय रहेको बताए ।
त्यस्तै प्रधानमन्त्री ओलीले सरकारले देश र जनताका लागि के ग¥यो भन्ने प्रश्नबाट बहकाएर अर्थहीन विषयमा विषयान्तर गर्ने प्रयास भइरहेको जिकिर गरे । देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नु पर्ने सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको उनले बताए । प्रधानमन्त्री ओलीले सहकारी प्रकरणमा दर्जनौं व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको उल्लेख गर्दै कुनै एक व्यक्तिमाथि राजनीतिक प्रतिशोध भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको बताए ।
भीडद्वारा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरूबाट समयले यसको जवाफ सधैं माग्ने उनले बताए । भिजिट भिसामा गएर दुई-दुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत विदेश जाने सवै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेको उनले बताए ।यसका पछाडि मुलुक र नागरिकको हित नभइ इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको प्रधानमन्त्री ओलीले तर्क गरे ।
त्यस्तै प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएपछि मुलुकको बिकास र समृद्धि लगाएतका क्षेत्रका भएका कामकारवाहीका बारेमा जानकारी गराए । वर्तमान सरकार समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य पुरा गर्न अघि बढेको उनको भनाइ छ । उनले बहुविवाहलाई मान्यता दिने गरि कानून ल्याउन लागको भन्ने हल्ला सहि नभएको स्पष्ट पारे । प्रधानमन्त्री ओलीले बहुबिवाहलाई कुनै पनि हालतमा मान्यता नदिने बताए । उनले एकताबद्ध भएर देशको बिकासमा लाग्न आह्वान समेत गरे ।

रविको कारागार स्थान्तरणको विषय प्रक्रियामा छः गृहमन्त्री लेखक

गाईजात्रा जस्ता पर्वलाई जीवन्त राख्नुपर्छः उपाध्यक्ष घिमिरे

कांग्रेस बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा बादे नियुक्त

राष्ट्रियसभावाट जलस्रोत बिधेयक पारित

राज्यका निकायमा लैङ्गिक अल्पसङ्ख्यकको समान सहभागिता हुनुपर्छः उपसभामुख रानामगर

सांसदहरुद्वारा पशुपति क्षेत्रको निरीक्षण

तस्करलाई कानुनी दायरामा ल्याउन सांसदद्वारा सरकारको ध्यानाकर्षण

प्रतिक्रिया