जटिल नीतिगत संरचनामा सुधार ल्याउनुपर्छ : मन्त्री गुरुङ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जटिल नीतिगत संरचनाले विकासमा बाधा र्पुयाएको बताएका छन् ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमासिक÷वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमडिएसी) बैठकमा मन्त्री गुरुङले नीति, नियम र ऐन कानुन सुधार गरेर सहज वातावरण सिर्जना गर्नुपर्ने धारणा राखे ।
साथै, उनले संस्थागत सुधारका लागि कर्मचारी, प्रशासन संयन्त्र र कार्यशैलीमा सुधार ल्याउनु अर्को महत्वपूर्ण पक्ष हुने बताए । विगतबाट पाठ सिक्दै आगामी कार्य सम्पादनमा अपेक्षाकृत प्रगति गर्न उनले सुझाव दिए ।
राष्ट्रिय योजना आयोगका सदस्य प्रकाश श्रेष्ठले प्राप्त बजेटको भरपुर सदुपयोग गरेर कार्यसम्पादन गर्नुपर्नेमा जोड दिए । हुलाक सेवाले प्रगति गरेकामा उनले प्रशंसा गरे ।
सञ्चार सचिव राधिका अर्यालले मन्त्रालयले केही महत्त्वपूर्ण नीतिगत कार्य गरेको बताउनुभयो । हाल मन्त्रालयले ऐन, संशोधन, नीतिगत सुधार गर्न लागेकाले यसले आगामी कार्यदिशामा काम गर्न सहजता प्रदान गर्ने उनको भनाइ थियो ।
बैठकमा मन्त्रालयका सहसचिव कोशहरी निरौलाले मन्त्रालयको कार्यप्रगति विवरण प्रस्तुत गरेका थिए । उनका अनुसार सीमित स्रोत र साधनका कारण लक्ष्य पूरा गर्ने चुनौती छ । यद्यपि आगामी दिनमा सुधार गर्दै कार्ययोजना बनाउन मन्त्रालयले जोड दिएको उनले बताए। कार्यक्रममा मन्त्रालय मातहतका विभिन्न निकाय प्रमुख र विभागीय प्रमुखहरुको उपस्थिति थियो ।

लोडसेडिङ नेपालका लागि विगत भइसक्यो : ऊर्जामन्त्री खड्का

‘५५ वटा आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी भइरहेको छ’

मन्त्री यादव र भारत सरकारका विज्ञ टोलीहरूबीच तराई–मधेसको खानेपानी समस्या समा…

सेवाकालीन तालिम बढुवाका लागि अङ्कको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्…

नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ उडानका लागि प्रधानमन्त्रीलाई ध्यानाकर्षण

सरकारले तराईमा सिँचाइको स्थायी समाधान खोज्ने

प्रधानमन्त्रीद्वारा गाईजात्रा पर्वको शुभकामना

प्रतिक्रिया