बिहीबार २९ साउन, २०८२
Thursday, August 14, 2025

अशोक राई र राजेन्द्र महतोको दलबीच कार्यगत एकता आज

काठमाडौँ- अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालबीच आज कार्यगत एकता घोषणा हुँदैछ ।

आज दुई दलबिचको कार्यगत एकता घोषणा हुन लागेको मुक्ति पार्टीका महासचिव केशव झाले जानकारी दिए । उनका अनुसार मुख्यतयाः  पहिचानको मुद्दामा सङ्घर्ष गर्नका लागि यी दुवै पार्टीको बिचमा कार्यगत एकता हुन लागेको हो ।

जसपा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको पार्टी हो भने महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीवाट अलग भएर महतोले मुक्ति पार्टी गठन गरेका हुन् ।
 
महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी सङ्घीय लोकतान्त्रिक मोर्चामा पनि आबद्ध भए पनि सरकारमा रहेको जसपासँग कार्यगत एकता गर्न लागेको हो ।