प्रधानमन्त्री ओली र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदै

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीहरूबीच आज कार्यसम्पादन सम्झौता हुँदैछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा दिउँसो १ बजे मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान हुनेछ ।
गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने यस वर्ष झण्डै एक महिना अगाडि सम्झौता हुन लागेका हो । वर्षभरी गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।
प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।

भारत भ्रमणअघि चीन जाँदै प्रधानमन्त्री ओली, मोदी र सीसँग भेटवार्ता हुने

अशोक राई र राजेन्द्र महतोको दलबीच कार्यगत एकता आज

प्रतिनिधिसभा बैठक बस्दै, साइबर सुरक्षा विधेयक प्रस्तुत गरिने

एमाले लुम्बिनी प्रदेशद्वारा सामाजिक अराजकताविरुद्ध दृढतापूर्वक उभिन आह्वान

संसदीय समितिमा गृहमन्त्री लेखकले भने- नेपालको जेलमा २८ हजार ७१८ कैदीबन्दी र…

सरकारले रवीन्द्रलाई पाँच लाख पुरस्कार दिने

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिक्रिया