जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए पास ?

काठमाडौँ- नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले जुन २०२५ मा सञ्चालन गरिएको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित गरेको छ ।
चार्टर्ड एकाउन्टेन्सी क्याप–आई तहमा चार सय ५४ जना, क्याप–आईआई तहमा चार सय चार जना र क्याप– आईआईआई तहमा ८४ जना परीक्षार्थी उत्तीर्ण भएका छन् । जसअनुसार क्याप– आईआईआई तहमा उत्तीर्ण भएका ८४ जना परीक्षार्थी संस्थाको चार्टर्ड एकाउन्टेन्ट सदस्य हुन योग्य भएका छन् ।
परीक्षाको नतिजाबमोजिम चार्टर्ड एकाउन्टेन्सी आधारभूत तहमा प्रशेन्जित शाक्य, नलिना खनाल र रोशन महतले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान, मध्यम तह (क्याप–आईआई) मा अभिषेक दाहाल, मो सलमान र शिशिर अर्यालले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान र अन्तिम तह (क्याप– आईआईआई)मा सागर ज्ञवाली, स्मृति पौडेल र कुशल गौतमले क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गरेका छन् ।
साथै संस्थाले जुन २०२५ मा सञ्चालन गरेको सिए मेम्बरसिप फर एसिसीएएस र दर्तावाला लेखापरीक्षक सदस्यहरूको वर्गवृद्धि परीक्षाको नतिजा पनि प्रकाशित गरेको छ ।
परीक्षामा उत्तीर्ण हुने परीक्षार्थीहरुको लब्धाङ्कपत्र तथा प्रमाणपत्र परीक्षाफल प्रकाशित भएको मितिले १५ दिनपश्चात् वितरण गरिने छ । साथै, परीक्षाको नतिजामा चित्त नबुझी पुनर्योग गराउन चाहने परीक्षार्थीले परीक्षाफल प्रकाशित भएको मितिले १० दिनभित्र पुनर्योग फाराम भरी निवेदन दिन सकिने जनाइएको छ । परीक्षार्थीले परीक्षाको नतिजा तथा आफ्नो प्राप्ताङ्क संस्थाको वेबसाइट www.ican.org.np मा हेर्न सकिने उल्लेख छ ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया