शुक्रबार ३० साउन, २०८२
Friday, August 15, 2025

दुई समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद अन्तर्गतका २ समितिको बैठक बस्दैछ ।

संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा उक्त बैठक बस्नेछन् ।

जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान ११ बजेबाट सुरू हुनेछ । जुन बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ र नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि मन्त्रालयबाट वृहत्तर तुलनात्मक विश्लेषणसहितको प्रस्तुतिकरण र छलफल गरिनेछ ।

साथै, सार्वजनिक लेखा समितिको बैठकमा ट्रकको भारवहन क्षमता सम्बन्धमा समितिमा प्राप्त उजुरी उपर छलफल हुनेछ । जुन बैठक बिहान ११ बजे बोलाइएको छ ।