सोमबार ०२ भदौ, २०८२
Monday, August 18, 2025

निशुल्क आरोहण खुला गरिएका ९७ हिमालहरू कुन- कुन हुन् ? (सूचीसहित)

काठमाडौं- नेपालले आगामी दुई वर्षका लागि ९७ वटा हिमालहरूको आरोहण निःशुल्क गरेको छ । केही दुर्गम क्षेत्रहरूमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ९७ वटा हिमालको आरोहण निःशुल्क गरेको हो ।

१८ साउनको मन्त्रिपरिषद् बैठकले आगामी दुई वर्षसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका सम्पूर्ण हिमाल आरोहण निःशुल्क बनाएको हो । यी दुई प्रदेशमा ९७ वटा हिमाल छन् । जसमध्ये तीनवटा सात हजार मिटर माथिका रहेका छन् । यी हिमालहरुको सलामी दस्तुर विदेशीका लागि १ सय ७५ डलरदेखि ५ सय डलरसम्म पर्छ ।

सूचीसहित