शुक्रबार ३० साउन, २०८२
Friday, August 15, 2025

एनआईसी एशिया बैंकका ग्राहकलाई अन्नपूर्ण न्यूरो हस्पिटलमा १० प्रतिशत छुट

एनआईसी एशिया बैंक र अन्नपूर्ण न्यूरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सबीच स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सम्झौता सम्पन्न भएको छ। यस सहकार्यसँगै बैंकका ग्राहकहरूले काठमाडौंस्थित अन्नपूर्ण न्यूरो हस्पिटलमा स्वास्थ्य उपचार गरि डिजिटल भुक्तानी गर्दा विभिन्न सेवामा १० प्रतिशत छुट पाउने भएका छन्।

सम्झौता अनुसार, बैंकका ग्राहकहरूले In-house Pathology, Outsourcing Test, Radiology, Ambulance, General Bed Charge, र ICU/Surgery Charge सेवामा १० प्रतिशत छुट सुविधा प्राप्त गर्न सक्नेछन्। यस सुविधा लिन ग्राहकले बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नु पर्नेछ ।

बैंकले यो सहकार्यलाई आफ्ना ग्राहकहरूलाई स्वास्थ्य उपचारमा प्रत्यक्ष सहयोग पुर्‍याउने मात्र नभई मुलुकमा डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्ने महत्वपूर्ण कदमका रूपमा लिएको छ। यसमार्फत नगदरहित कारोबार विस्तार हुँदै डिजिटल अर्थतन्त्रलाई सबल बनाउन मद्दत पुग्ने बैंकको विश्वास छ।