अनशनरत व्यक्तिको जीवन रक्षा गरः मानव अधिकार आयोग

राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको महेन्द्रनगर, मदनचोकमा आमरण अनशनमा रहेका आरक्षपीडितको न्याय र जीवन रक्षाका लागि आग्रह गरेको छ । आयोगका सहसचिव डा टीकाराम पोखरेलले आज प्रेस विज्ञप्ति जारी गरी आमरण अनशनरत सङ्घर्ष समितिका अध्यक्ष जयबहादुर रोकाया र रणबहादुर बमको जीवन रक्षा गर्न माग आग्रह गरेको हो ।
“स्वास्थ्य अवस्थालाई समेत ध्यानमा राखी निजहरूको मागका सम्बन्धमा यथाशीघ्र वार्ता गरी सहमतिकै माध्यमबाट अनशनरत व्यक्तिको जीवनरक्षा गर्न आयोग तीनै तहका सरकारलाई आग्रह गर्दछ”,विज्ञप्तिमा भनिएको छ,“यसका साथै आमरण अनशनलाई स्थगित गरी आफ्ना माग र अधिकारका सम्बन्धमा वार्ता, छलफल र कानुनी बाटो अवलम्बन गर्न अनशनरत पक्षलाई समेत आयोग आग्रह गर्दछ ।”
आरक्षपीडितलाई क्षतिपूर्तिको व्यवस्था, ढक्का र तारापुरलगायत क्षेत्रका जनताको बसोबासको व्यवस्था, आरक्षपीडितलाई द्वन्द्वपीडित घोषणा, निःशुल्क स्वास्थ्य र शिक्षालगायत माग राख्दै २०८२ साउन २२ गतेदेखि रोकाया र बम आमरण अनशनमा छन् । यस विषयमा आयोगमा ज्ञापनपत्रसमेत प्राप्त भएको र महेन्द्रनगरका साथै कञ्चनपुरकै वाणी र लालझाडीको ढक्का शिविरमा भइरहेका रिले अनशनको आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीबाट अनुगमनसमेत भएको जनाइएको छ ।
आमरणअनशनरत व्यक्ति ज्येष्ठ नागरिक रहेको र अनशन लम्बिँदै जाँदा निजहरूको स्वास्थ अवस्था दिनप्रतिदिन नाजुक बन्दै गएको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

रोटरी, बिएम फाउण्डेशन र नवदीप यूथ क्लबको संयोजनमा स्याङ्जामा निःशुल्क स्वास्थ्य …

फड्के तर्ने क्रममा खोलामा खसेर बालिकाको मृत्यु

नीति सुधार र निजी क्षेत्रको सहभागिता प्रवर्द्धनका लागि ‘डिजिटल नेपाल कन्क्लेभ २…

‘प्राकृतिक सम्पदा जोगाउन सामुदायिक वनको योगदान अतुलनीय’

खाली पेटमा सुपको पानी पिउनुको के-के छ फाइदा ?

जुन २०२५ मा सञ्चालित चार्टर्ड एकाउन्टेन्सी परीक्षाको परीक्षाफल प्रकाशित, कति भए …

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया