भारतीय दूतावासले उपप्रधानमन्त्री सिंहको प्रमुख आतिथ्यतामा मनायो ७९ औं स्वतन्त्रता दिवस

काठमाडौं- नेपालस्थित भारतीय दूतावासले उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा भारतको ७९ औं स्वतन्त्र दिवस मनाएको छ । पाटन दरबार क्षेत्रमा रहेको भण्डारखाल बगैँचामा विशेष सांस्कृतिक कार्यक्रम गर्दै दूतावासले स्वतन्त्रता दिवस मनाएको हो । कार्यक्रममा प्रमुख अतिथि सिंहले भारतलाई नेपालकातर्फबाट स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गरे ।
‘नेपाल र भारत सम्बन्ध विशेष प्रकारको छ । खुला सिमाना र रोटीबेटीको सम्बन्ध मात्र होइन धार्मिक,सांस्कृतिकसहित राजनीतिक सम्बन्ध पनि छ ,’ उनले भने । उपप्रधानमन्त्री सिंहले भारत स्वतन्त्रताको आन्दोलनसँग नेपालमा प्रजातन्त्र स्थापनाको सम्बन्ध जोडिएको चर्चा गदै नेपाल भारत सम्बन्ध आगामी दिनमा थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरे ।
कार्यक्रममा परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि भारतीय स्वतन्त्रता दिवसको शुभकामना दिए । कार्यक्रममा नेपालका लागि भारतका राजदूत नविन श्रीवास्तवले भारत पछिल्लो समय नेपालले भारतमा विद्युत विक्री गरेर आर्थिक लाभ लिइरहेको भन्दै आगामी दिनमा अझै धेरै लाभ लिन सक्ने बताए । कार्यक्रममा भारतबाट आएको कलाकारहरूको समूहले कथकली नृत्य प्रस्तुत गरेको थियो ।

साउदी अरबवाट पनि श्रम वैधानिकीकरण सुरू

प्रहरी हाकिम होइन, जनताको सेवक हो: प्रधानमन्त्री ओली

कार्यप्रगति देखिने गरी ठूला आयोजनालाई अगाडि बढाउनुपर्छ : ऊर्जामन्त्री खड्का

देशलाई अगाडि बढाउने उदेश्यका साथ सरकार लागिपरेको छः प्रधानमन्त्री ओली

नयाँ र युगान्तकारी काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

प्रधानमन्त्री र मन्त्रीहरुबीच आज कार्यसम्पादन सम्झौता

चिकित्सा शिक्षा आयोगको २१ औैँ बैठक संख्यावृद्धिसहित सिट निर्धारण

प्रतिक्रिया