शुक्रबार ३० साउन, २०८२
Friday, August 15, 2025

पेट्रोलको मूल्य बढ्यो

काठमाडौँ - नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो । शुक्रवार निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल मूल्य भने घटेर आएको छ ।  साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर पेट्रोलमा २ रुपौयाँले बढाईएको तथा डिजेल/मट्टितेलमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ ।