गोली हानेर शिक्षकको हत्या गर्ने एक जना पक्राउ

मलङ्गवा (सर्लाही)- सर्लाहीको हरिपुर्वा नगरपालिकामा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका–६, का ४५ वर्षीय रामपुकार राय यादवको अज्ञात व्यक्तिले गोली प्रहार गर्दा मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।
यादवलाई शुक्रबार साँझ आफ्नै घरको आँगनमा बसेर छरछिमेकीसँग गफ गरेर बसिरहेका बेला अज्ञात व्यक्ति आएर गोली प्रहार गरेका थिए ।
मोटरसाइकल चढेर आएका मानिसले पेस्तोल निकालेर यादवको टाउकोमा गोली प्रहार गरेका प्रत्यक्षदर्शीले बताएका छन् । गोली प्रहारबाट गम्भीर घाइते यादवको महोत्तरीको सोनामा गाउँपालिकास्थित पर्सा गाउँमा रहेको एक स्वास्थ्य संस्थामा मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।
छरछिमेकीसहित समूहमा बसेर कुराकानी गरिरहेका बेला दुई जना अपरिचित मानिस आएर रामपुकार भनेको को भनी सोधेर नै गोली प्रकार गरेका एक स्थानीयले बताए ।
गोली प्रहार गर्ने व्यक्ति भाग्दै गर्दा हरिपुर्वा नगरपालिकाअन्तर्गत पर्ने बसन्तपुरमा दुर्घटनामा परेको थियो । जसमा एक जना फरार भएको छ भने अर्का घाइतेलाई प्रहरी निगरानीमा जनकपुरमा उपचार भइरहेको प्रहरी सर्लाहीका प्रहरी प्रवक्ता राईले जानकारी दिए । घटनामा अन्य संलग्नहरूको पहिचान भइसकेको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए ।
मृतक यादव यसअघि सर्लाही सदरमुकाम मलङ्गवाको निजी विद्यालयमा शिक्षण पेसामा आबद्ध भए पनि अहिले खेती किसानी गर्थे । उनले गाउँघरमा केही रकम ऋण लगानीसमेत गरेको स्थानीयहरूले जनाएको छ ।

मनसुनको अवस्था कमजोर, यी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना

पेस्तोल, म्यग्जिन र ७ राउण्ड गोलीसहित एकजना पक्राउ
%2520(1)%2520(1)_43hX6vLjXt_uw4poyyayootda4tqgtkavfriu11elep23wwrgu2vfjshlw1mfajl7ovmdda_bss3Fll3XD_jg59z2axcke4wwu0yikzbtb5bldasqyw5jp8krpcctpire1ebr7iab83dq8l.jpg)
सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना

आजको मौसमः पाँच प्रदेशको पहाडी भु-भागमा भारी वर्षा हुने

मममा औँठी भेटिएपछि काठमाडौँ महानगरले गरायो धरहरा टपरी ममलाई २ लाख जरिवाना

पहाडबाट तराई झर्ने बढ्दै, चुनौती थपिँदै
रोपाइँ पनि ठेक्कामा !

प्रतिक्रिया