हेंवा खोलामा ‘मोडुलर बेलिब्रिज’ जडान

पाँचथर- यहाँको हेंवा खोलामा मोडुलर बेलिब्रिज जडान गरिएको छ
मेची राजमार्गअन्तर्गत पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सीमा छुट्याउने हेंवा खोलामा नेपालकै लामो ७० मिटरको बेलिब्रिज जडान गरिएको हो । सडक डिभिजन कार्यालय इलामले भारतीय प्राविधिकको सहायतामा जडान गरेको बेलिब्रिजको पहुँचमार्गसहितका संरचना निर्माण भइरहेका छन् ।
आगामी हप्तादेखि यसै बेलिब्रिजबाट सवारीका साधन सञ्चालन हुने सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार हेंवा खोलामा निर्माण गरिएको बेलिब्रिज नेपालमा जडान भएकामध्ये सबैभन्दा लामो हो । बेलिब्रिजको भार बहन क्षमताको मापनसमेत सफल भइसकेको छ ।
निर्माण कम्पनी ले गत चैतदेखि बेलिब्रिजका संरचना निर्माण थालेको थियो । तर बेलिब्रिज जडान अन्तिम चरणमा पुगेका समयमा गत जेठ ३१ गते बेलिब्रिज भाँचिएर झर्दा तीन जना कामदारको ज्यान गएको थियो । यसपछि सडक विभागले बेलिब्रिजका संरचना निर्माण गर्ने भारतीय कम्पनीलाई भाँचिएका सामग्री तथा प्राविधिक पठाइदिन आग्रह गरेको थियो । भारतबाट आएका प्राविधिक र मिस्त्रीले साउन १७ गते बेलिब्रिज जडानको काम थालेर साउन २८ गते सम्पन्न गरेका हुन् ।
बेलिब्रिजका सबै सामग्री भारत सरकारले निःशुल्क उपलब्ध गराएको थियो । भारतीय पक्षले सामग्रीका अतिरिक्त पठाएको लन्चिङ सेट र पुल जडान गर्न इन्जिनियर तथा प्राविधिक रहेको १८ जनाको टोलीले छोटो समयमै बेलिब्रिज जडान सम्पन्न गरेको डिई भट्टराईले जानकारी दिए ।
मेची राजमार्गअन्तर्गत हेंवा खोलामा रहेको सडक पुल २०८० असार २ गते आएको बाढीले बगाएको थियो । पुल बगेकै स्थानमा २९ दिन लगाएर नयाँ बेलिब्रिज निर्माण गरिएको थियो । तर उक्त बेलिब्रिजसमेत ०८१ असोज १२ गते आएको बाढीले बगाएपछि हेंवा खोलामा डाइभर्सनका माध्यमबाट सवारीका साधन आवतजावत गर्दै आएका थिए । वर्षायाम सुरु भइसकेकाले बाढीले पटक–पटक डाइभर्सन बगाउँदा यातायात अवरुद्ध बनेको थियो ।
सडक डिभिजन कार्यालयले नै डाइभर्सन मर्मतको कामसमेत निरन्तर चलाएको थियो । नयाँ बेलिब्रिज जडानपछि हेंवा खोला उत्तरका नागरिकले तीन वर्षदेखि वर्षायाममा भोग्दै आएको सास्ती हट्ने आशा पलाएको पाँचथरको हिलिहाङका वीरेन्द्र मङ्ग्रातीको भनाइ छ ।
यस पटक बेलिब्रिज जडानसँगै सडभ विभागले मोडुलर बेलिब्रिज जडानसम्बन्धी दश दिने प्रयोगात्मक तालिमसमेत सञ्चालन गरेको थियो । तालिममा सडक विभागका इन्जिनियर, सबइन्जिनियर, मेकानिक र अपरेटर गरी ३२ जनाले सहभागिता जनाएका थिए । रासस
सभापोखरीका चारसय घरमा खानेपानीको पहुँच

सुनसरी कारागारबाट भागेका कैदी झापामा पक्राउ

भोजपुरमा उद्योग दर्ता बर्सेनि घट्दो, खारेजी बढ्दो

भोजपुर श्यामशिलाका अधिकांश किसान किवीखेतीमा

च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण

भालु खोलाले बालक बगायो, ६०० मिटर तल भेटियो शव
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_ynWoR3u6n4_xram61advw0ciadshpaafbqz0idg1zglbfoj8vcreru22tgyx4hvjsbgfq9k_FNe5BX8wtF_iubmj1o8hyvl4xejpbhphtdiuvs3cikv6zaidktdm2edkh09tbmyi2gcqs9g_G56ed6xXZy_amzeukrcez5kz1cpjbehli7mgl3ejgegrte4ofqogao8pivs2hgyelfp87po_2p3wXjFuTV_lmw6vkjyvgsvcmdivbljoyeyxe2zeumedscimpt670ck8e3hk2oiqsot85eg.jpg)
अविरल वर्षाले साल्पामा छ घर विस्थापित

प्रतिक्रिया