भारतीय विदेशसचिव मिस्री काठमाडौँमा

काठमाडौँ - परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतीय विदेशसचिव विक्रम मिस्री नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । भ्रमणका क्रममा आजै दुई परराष्ट्र सचिवहरूले कनेक्टिभिटी, विकास सहयोग र आपसी हितका अन्य विषयमा केन्द्रित रही नेपाल–भारत साझेदारीका विभिन्न पक्षमा छलफल गर्नुहुने मन्त्रालयले जनाएको छ ।
विदेशसचिव मिस्रीले भ्रमणका क्रममा नेपालका उच्चपदस्थ व्यक्तित्वहरूसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेको छ । उनको भ्रमण सम्पन्न गरी भोलि भदौ २ गते काठमाडौँबाट प्रस्थान गर्ने कार्यक्रम छ । भारत र नेपालबीच सदैव बलियो र मैत्रीपूर्ण परराष्ट्र सम्बन्ध रहिआएको छ । विदेशसचिव मिस्रीको यो भ्रमणले दुई देशबीच रहिआएको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ,घनिष्ट र मैत्रीपूर्ण बनाउन सहयोग पुग्ने बताइएको छ ।

प्रधानमन्त्रीसँग भारतीय विदेशसचिवको शिष्टाचार भेट

भारतका विदेश सचिव मिश्री आइतबार नेपाल आउँदै

इजरायल–नेपाल सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने राजदूत आरीबासको प्रतिबद्धता

प्रधानमन्त्रीसँग राष्ट्रसङ्घका उपमहासचिव फातिमाको भेट

नेपालस्थित बंगलादेश दूतावासले विशेष कार्यक्रम गरि मनायाे ´जुलाई अपराइजिङ डे’

काठमाडौंमा नेपाल-चीन कूटनीतिक सम्बन्ध स्थापनाको चर्चा

नेपाल–चीन दौंत्य सम्बन्ध ७० औँ वर्षमा

प्रतिक्रिया