दार्चुला-गोकुलेश्वर सडक : पहिरोले तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध

खलङ्गा- पहिरोले दार्चुला–गोकुलेश्वर सडक अन्तर्गत तेर्छालेक रनेबास क्षेत्र अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मुख्य सडकमार्ग आज बिहानदेखि शैल्यशिखर नगरपालिका–६ र मालिकार्जुन गाउँपालिका–३ को सीमानामा पर्ने तेर्छ्यालेक रनेबासमा सडक अवरुद्ध भएपछि लामो तथा छोटो दूरीका सवारी साधन आवतजावतमा समस्या भएको छ ।
निरन्तर ढुङ्गा र लेदो बगेको कारण अवरुद्ध सडक खुलाउन उपकरण परिचालनमा समस्या भएको छ ।
गोकुलेश्वरबाट उपकरण पठाइएको तर निरन्तर ढुङ्गा र लेदो बगेको कारण खुलाउन समस्या भएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । जिल्ला सदरमुकाम खलङ्गाबाट बाहिरिने र भित्रिने सवारीसाधन उक्त क्षेत्रमा जाममा परेका छन् ।

डोलवासीलाई वर्षेनी पहिरोकै चिन्ता

अछाममा करेन्ट लागेर एक जनाको मृत्यु, पाँच घाइते

शुक्लाफाँटामा दुर्लभ वन्यजन्तु कृष्णसारको सङ्ख्यामा वृद्धि

बैतडीका दुर्गम भेगमा विद्युत् सेवा विस्तार

वाइसीएलको श्रम तथा उत्पादन अभियान कञ्चनपुरमा उदघाटन
जीर्ण कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

सौर्यबत्तीले झिलीमिली भीमदत्तनगर

प्रतिक्रिया