मेलबर्न स्टार्ससँग पनि नेपाल निरिह, लगातार तेस्रो हार

काठमाडौँ- अस्ट्रेलियामा जारी टप एन्ड टि-ट्वान्टी सिरिजमा नेपालको लगातार तेस्रो हार भएको छ । सोमबार बिहान भएको खेलमा मेलबर्न स्टार्ससँग नेपाल पराजित भएसँगै नेपालको तेस्रो हार भएको हो ।
मेलबर्न स्टार्सले २० ओभरमा ७ विकेट गुमाउँदै जितका लागि १७६ रनको लक्ष्य दिएको थियो । तर नेपालले २० ओभरमा ७ विकेटको क्षतिमा १४४ रन मात्रै बनाउन बनायो ।
नेपालका सन्दीप लामिछानेले ३ विकेट लिए । त्यस्तै सोमपाल कामी र सहाब अलामले १/१ विकेट लिए ।
नेपालका ओपनर ब्याटर आसिफ शेखले अर्धशतक पूरा गरे । उनले ४८ बलमा आफ्नो अर्धशतक पूरा गरेका थिए ।
नेपालले यसअघि पहिलो खेलमा अस्ट्रेलियाको नर्दन टेरिटोरी स्ट्राइकसँग ४२ रनले हार व्यहोरेको थियो ।
त्यस्तै दोस्रो खेलमा बंगलादेश 'ए'सँग ३२ रनले हार व्यहोरेको थियो ।

मेलबर्न स्टार्सले नेपाललाई दियो १७६ रनको लक्ष्य

बंगलादेश 'ए'ले नेपाललाई जितका लागि दियो १८४ रनको लक्ष्य

टप एण्ड टी-२० सिरिज : नेपाल र नर्दर्न टेरिटोरी खेल्दै

एन्फा महिला लिग छनौट आज २ खेल हुँदै
आजदेखि एन्फा महिला लिग छनोट, पहिलो दिन चार टोली भिड्दै
पिएसजीले जित्यो युइएफए सुपर कपको उपाधि

टेबलटेनिसको ‘स्ट्याग ग्लोबल च्याम्पियन्स लिग’ आगामी भदौमा

प्रतिक्रिया