सोमबार ०२ भदौ, २०८२
Monday, August 18, 2025

चितवनमा चोरी गर्न बालबालिकालाई प्रयोग बढ्दो

चितवन- गत एक वर्षमा बिभिन्न अपराधमा सङ्लग्न ८६ बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ । बिभिन्न आठ मुद्दामा १० वर्षदेखि १८ वर्ष उमेर समूहका ती बालबालिका पक्राउमा परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सार्वजनिक कसूर÷अभद्र व्यवहारमा २६, चोरी मुद्दामा २२, लागुऔषध मुद्दामा २१, ज्यानमार्ने उद्योगमा सात, जबरर्जस्ती करणीमा पाँच, जबरजस्ती करणी उद्योगमा दुई, सवारी ज्यान मुद्दामा दुई र साइबर क्राईममा एकजना बालक पक्राउ गरी कारबाही गरिएको हो । प्रमुख पुरीका अनुसार पछिल्ला दिनमा बिभिन्न किसिमका अपराधमा बालबालिकाको प्रयोग बढ्न थलेको छ ।

विशेषगरी चोरी र लागुऔषध मुद्दामा बालबालिकाको प्रयोग बढी हुन थालेको हो । उनले भने  “बालबालिकालाई सामान्य पैसा दिएर अपराधमा सहभागी गराउन थालेका छन् ।”

लागुऔषध ओसारपोसारमा बालबालिकाको प्रयोग हुँदै आएको छ । सार्वजनिक कसूर/अभद्र व्यबहारसमेत  बालबालिकालाई प्रयोग  गर्ने गरेको उनले बताए । 

चोरीमा बालबालिकालाई प्रयोग गरी ठूलाले कमाउने गर्दछन् । उनले भने “चोरीका मुद्दामा तराईमूलबाट बच्चा लिएर आउने र चोरी गर्न लगाउने गरेको पाइएको छ । यस्ता कतिपय मुद्दामा चोरी गर्न लगाउनेलाईसमेत पक्राउ गरी कारबाही गरिएको छ ।”