सोमबार ०२ भदौ, २०८२
Monday, August 18, 2025

उपप्रधानमन्त्री सिंह र शहरी विकास सचिव सिग्देलबीच कार्यसम्पादन सम्झौता

काठमाडौँ- उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलबीच आर्थिक वर्ष ०८२/८३ का लागि कार्यसम्पादन सम्झौता भएको छ । शहरी विकास मन्त्रालयको सभाहलमा उपप्रधानमन्त्री सिंहसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि सचिव सिग्देलले  कार्यसम्पादन सम्झौता गरेका हुन् ।  

उपप्रधानमन्त्री सिंहले आर्थिक वर्ष ०८२/८३ मा  गरिने कार्य सम्पादनलाई छिटो र प्रभावकारी बनाउन  आज भएको सम्झौता इमानदारीपूर्वक पालना गर्न निर्देशन दिए । उनले अघिल्लो आर्थिक वर्षमा समयमा काम हुन नसक्दा लक्ष्य हासिल नभएकोमा असन्तुष्टि जनाउँदै  समयमा योजनाहरू किन सकिएनन् ? भन्दै प्रश्न पनि गरे ।

‘कर्मचारीहरुले निर्वाह गर्नुपर्ने भूमिका इमानदार भएर पूरा गर्नुपर्यो । समयमा गर्नुपर्ने निर्णय समयमा हुनुपर्यो । पन्छने प्रवृत्तिले समयमा काम हुन सक्दै । गर्नुपर्ने काम समयमा गनुस्, जनतालाई छिटो रिजल्ट दिनुपर्छ,’ उनले भने,‘शहरी विकास मन्त्रालय विकास निर्माणसँग सम्बन्धित मन्त्रालय हो । नागरिकको प्रत्यक्ष चासो जोडिएको हुन्छ । जनतालाई छिटो नतिजा दिने गरि काम गर्नुपर्छ । यसमा सबै गम्भीर बन्नुस् ।’ उनले अघिल्लो आवमा भएका कमजोरी नदोहोर्याउन सचेत गराउादै चालू आर्थिक वर्षमा मन्त्रालयका काम प्रभाकवारी बनाउने गष्रि लाग्न सचिवसहित सबै विभागिय प्रमुखहरुलाई निर्देशन पनि दिए । 

सचिव सिग्देलले गत आवमा केही कारणले आर्थिक प्रगति कम भएपनि भौतिक प्रगति राम्रो भएको भन्दै चालू आवमा कार्यलक्ष्य हासिल गर्ने गरि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उपप्रधानमन्त्री सि।हले यसअहघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग कार्यसम्पादन सम्झौता गरेका थिए ।