सोमबार ०२ भदौ, २०८२
Monday, August 18, 2025

दुर्गा प्रसाईले पार्टी खोल्ने

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिटै राजनीतिक दल खोल्ने बताएका छन् । सोमबार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले राजनीतिक दलहरुले बिगारेको मुलुकको अवस्थामा सुधार ल्याउन राजनीतिक दल खोल्न लागेको बताएका हुन् ।

देशको अवस्था परिवर्तनका लागि राष्ट्रिय र स्वाभिमान सहितको पार्टी छिटै घोषणा हुने उहाले जानकारी दिए । प्रसाईंले वर्तमान शासन प्रणाली अन्तर्गत नै राजनीतिक शक्ति निर्माणका लागि दल खोल्ने निर्णयमा पुगिएको जिकिर गरे । उनले अब राष्ट्रिय स्वाभिमान, स्थिर शासन, रोजगारी, सुशासन, राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिकको रक्षाका केन्द्रीत हुने उल्लेख गरे ।