जिल्ला प्रहरी परिसर काठमाडौँको सफलता: एकै वर्षमा ५,५८५ फरार पक्राउ

काठमाडौँ- जिल्ला प्रहरी परिसर काठमाडौंले फरार प्रतिवादी पक्राउमा गर्ने अभियानले तीव्रता पाएको छ । प्रहरी प्रमुख विश्व अधिकारीले पदभार सम्हालेसँगै फरार प्रतिवादीलाई नियन्त्रणमा लिने कार्यले तीव्रता पाएको हो ।
पछिल्लो समयले काठमाडौँमा नाम कहलिएका चर्चित गुण्डा तथा डनहरूलाई नियन्त्रणमा लिएका छन् । चक्रे मिलन गुरुङ, ठमेलबाट ओम्निया क्लबमा झगडा गर्ने सानुकाजी गुरुङ र राजु गोर्खाली लगायतका गुण्डाहरू पक्राउ परिसकेका छन् ।
काठमाडौँ परिसरले एक आर्थिक वर्षमा ५ हजार ५८५ जना फरार प्रतिवादीलाई नियन्त्रणमा लिइसकेको छ । यस उपलब्धिमा काठमाडौँ प्रहरी परिसरको योगदान अग्रपङ्क्तिमा रहेको छ। गत वर्ष १,०६७ फरार पक्राउ गरेको काठमाडौँ परिसरले यस वर्ष ४२१ प्रतिशतले वृद्धि गर्दै ५,५८५ जना पक्राउ गरेको हो।
आर्थिक वर्ष २०८०/८१ मा १४,७६४ जना फरार अपराधी पक्राउ परेका थिए । सोही अवधिमा रु २ अर्ब ८१ करोड ६५ लाख ९४ हजार ९९५ बराबरको जरिवाना असुल गरिएको थियो । यस वर्ष नेपाल प्रहरीले फरार अभियुक्त पक्राउको संख्या ६५ प्रतिशतले बढाउँदै २४,३८२ पुर्याएको छ, जुन गत वर्षको तुलनामा उल्लेखनीय सफलता हो।
प्रहरी संगठनको वार्षिक कार्य सम्पादन सम्झौता अनुसार फैसला कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिएको छ। परिसर प्रमुख अधिकारीले रणनीतिक योजना बनाएर कार्यान्वयनमा ल्याएका थिए । रणनीति बनाएर ठूलो संख्यामा फरार प्रतिवादी पक्राउ गर्न सम्भव भएको उनले धारणा व्यक्त गरे ।
राजधानीजस्तो संवेदनशील क्षेत्रमा कडा सुरक्षा र कानूनी कार्यान्वयनले सर्वसाधारणमा प्रहरीप्रति थप विश्वास जागेको उनले बताए । कानूनभन्दा माथि कोही छैन भन्ने सन्देशलाई बलियो बनाउन प्रहरीले सहयोग गरिरहेको उनको भनाइ छ । ‘हजारौं फरार प्रतिवादी पक्राउले प्रहरी संगठनप्रति जनविश्वास बढाएको तथा दण्डहीनताको अन्त्यतर्फ प्रहरीले साथ दिएको छ,’ उनले भने ।

सिन्धुपाल्चोकमा ड्रागनफ्रुटखेतीप्रति आकर्षण बढ्दै

काभ्रेको भुम्लुवासीले ५० वर्षपछि लालपुर्जा पाउने

दुई करोड ३० लाखको लागतमा कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

गोली हानेर शिक्षकको हत्या गर्ने एक जना पक्राउ

मनसुनको अवस्था कमजोर, यी प्रदेशहरूमा मध्यम वर्षाको सम्भावना

पेस्तोल, म्यग्जिन र ७ राउण्ड गोलीसहित एकजना पक्राउ
%2520(1)%2520(1)_43hX6vLjXt_uw4poyyayootda4tqgtkavfriu11elep23wwrgu2vfjshlw1mfajl7ovmdda_xlBizNl4uW_nuiivy4wyvv1tw0cluvw3xlftk7jfvn2m2vvchxt13drsqxoo5rapkty2qza.jpg)
सात वर्षदेखि अधूरै बृहत् लिफ्ट आयोजना

प्रतिक्रिया