निभिया महिला विशेष तीज मेला २०८२ आयोजना हुने

काठमाडौं- ट्रिनिटी मार्केटिङ एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा. लि. र ओ सी एस बिजनेस सोलुसन प्रा. लि.को संयुक्त आयोजनामा भदौ ६ गते, शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा "निभिया महिला विशेष तीज मेला २०८२" आयोजना हुने भएको छ।बिहान १० बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने मेलामा सांस्कृतिक, मनोरञ्जनात्मक तथा जनचेतनामूलक कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएका छन्।
मेलाको प्रमुख आकर्षणमा तीज नृत्य कार्यक्रम, डीजे संगीत, चर्चित कलाकारहरूको प्रस्तुति, निःशुल्क दन्त परीक्षण शिविर, अग्नि सुरक्षा सचेतना कार्यक्रम, स्किन केयर सम्बन्धी जनचेतना कार्यक्रम, तथा निःशुल्क दुखाइ सम्बन्धी परामर्श जस्ता कार्यक्रमहरू रहनेछन्।
त्यस्तै, १५ वटा स्टलमार्फत विभिन्न सामग्री तथा उत्पादनहरूको प्रदर्शनी र बिक्री गरिनेछ।
सांगीतिक प्रस्तुति तर्फ गायिका शशी पुन मगर र गायक रबि रिमालले मनोरञ्जनात्मक प्रस्तुति दिनेछन् भने कार्यक्रमको सञ्चालन सञ्चालिका शितल शर्माले गर्नेछिन्। कार्यक्रमको मुख्य प्रायोजक निभिया तथा सह-प्रायोजक कियाना अर्नामेन्ट्स रहेका छन्।
कार्यक्रमलाई किवानिस क्लब अफ म्यारिगोल्ड, वीन, सनबिम, होटल ब्लुबेरी, सुस्वास्थ्य हस्पिटल, समाज डेण्टल, किवानिस क्लब अफ धौलागिरि, किवानिस क्लब अफ ताहाखेल, ललितपुर, फायर एण्ड रेस्क्यु एकेडेमी नेपाल, मिशन नेपाल होलिडेज, आरोध्य मालिस तेल, जेसीज धापासी र पूर्ण वाटरले समर्थन गरेका छन्।

दुर्गा प्रसाईले पार्टी खोल्ने

पहिरोमा पुरिएर राहुघाट जलविद्युत् आयोजनाका दुई मजदुरको मृत्य, पाँच घाइते

खतिवडा सेवा समाज र ग्रीनसिटी अस्पतालबिच स्वास्थ्य उपचारमा सहुलियत दिन समझदारी

जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु
चार महिनामा विपद्जन्य घटनाबाट १३० जनाको मृत्यु

राशिफलमा यस्तो तपाईंको भाग्य

जलवायु परिवर्तनले निर्माण श्रमिक र आदिवासी जनजातिलाई सबैभन्दा बढी प्रभावित

प्रतिक्रिया