पर्वतारोहण सुरक्षालाई मजबुत र अन्तर्राष्ट्रिय छवि बलियो बनाउनेछुः कुलबहादुर गुरूङ्ग

काठमाडौँ- नेपाल पर्वतारोहण संघ (नेपाल माउन्टेनेरिङ एसोसियसन - NMA) मा चुनावी सरगर्मी चुलिँदै गएको छ । आगामी नेतृत्व चयनका लागि प्रतिस्पर्धीहरू आ-आफ्नो एजेन्डा र भिजनसहित मतदाताहरूको ध्यान तानिरहेका छन् । यसै सन्दर्भमा, अध्यक्ष पदका लागि उम्मेदवारी दिएका वरिष्ठ पर्यटन व्यवसायी कुल बहादुर गुरुङ्गसँग समसामयिक विषय, पर्वतारोहणमा के कस्ता समस्या र समाधान छन् , समग्र पर्यटन क्षेत्रका चुनौतीहरू र आफ्नो योजना सम्बन्धमा विस्तृत कुराकानी गरिएको छ। प्रस्तुत छ उनीसँगको कुराकानी
तपाईँको उम्मेदवारी किन?
मैले लामो समय पर्यटन र पर्वतारोहण क्षेत्रमै काम गरेर अनुभव सङ्कलन गरेको छु। अब संस्थागत सुधार, पारदर्शिता र सदस्यमैत्री कार्यक्रम ल्याउन नेतृत्व लिन आवश्यक भएकोले उम्मेदवारी दिएको हुँ।
पर्यटनको संघ संस्थामा अलिक धेरै राजनैतिक हस्तक्षेप जस्तो लागेन?
राजनीतिक प्रभावलाई नियन्त्रण गर्दै पेशा गत र संस्थागत हितलाई प्राथमिकता दिनुपर्छ। म व्यावसायिकता र पारदर्शितामा जोड दिने पक्षमा छु।
एन एम ए मा के कस्ता चुनौतीहरू छन् जस्तो लाग्छ?
पर्वतारोहण सुरक्षालाई मजबुत बनाउने, अन्तर्राष्ट्रिय छवि बलियो बनाउने, सदस्यहरूको प्रत्यक्ष लाभ सुनिश्चित गर्ने, युवापुस्तालाई नेतृत्वमा ल्याउने जस्ता चुनौतीहरू छन्।
हाल नेपालमा पर्वतारोहण क्षेत्र कस्तो अवस्थामा छ भन्ने मूल्याङ्कन गर्नुहुन्छ?
नेपाल विश्वकै उत्कृष्ट पर्वतारोहण गन्तव्य हो। तर अझै व्यवस्थापन, दिगोपन र सुरक्षा मापदण्डका क्षेत्रमा सुधार गर्नुपर्ने आवश्यकता छ। पर्यावरण संरक्षण र पर्वतीय क्षेत्रमा स्थानीय समुदायको सहभागिता बढाउन जरुरी छ।
सदस्यहरूको असन्तुष्टि कतिपय समयमा सुन्निन्छ, यसलाई कसरी सम्बोधन गर्नुहुन्छ?
सदस्यहरूको आवाज सुन्ने र प्रत्यक्ष लाभ दिने कार्यक्रम ल्याउनु नै समाधान हो। एन एम ए सदस्यमैत्री संस्था बन्नुपर्छ। त्यसका लागि बीमा, प्रशिक्षण, अवसर र पारदर्शी निर्णय प्रक्रियामा सदस्यको सहभागिता बढाइन्छ।
अन्तर्राष्ट्रियस्तरमा एन एम ए को भूमिकालाई कसरी विस्तार गर्न सकिन्छ?
अन्तर्राष्ट्रिय पर्वतारोहण संघहरूसँग सहकार्य गर्ने, नेपालका हिमालहरूको प्रचार–प्रसार गर्ने र विश्वस्तरमा सम्मेलन, प्रदर्शनी, प्रमोशनमा सक्रिय सहभागिता बढाउने हाम्रो प्राथमिकता हुनेछ। यसले नेपाललाई पर्वतारोहण नक्सामा अझै उजागर गर्छ।
पर्वतारोहणमा सुरक्षासम्बन्धी धेरै प्रश्न उठ्छन्, यसबारे तपाईँको योजना के छ?
सुरक्षा पहिलो प्राथमिकता हो। उच्च गुणस्तरीय तालिम, आवश्यक उपकरण, मौसम पूर्वानुमान प्रणाली सुधार, र कडाइका साथ सुरक्षा मापदण्ड लागू गर्नुपर्नेछ। यसमा एन एम ए नेतृत्वदायी भूमिका खेल्छ।
वातावरणीय चूनौतीलाई कसरी समाधान गर्न सकिन्छ?
पर्वतीय क्षेत्रमा "Leave No Trace" नीति कडाइका साथ लागू गर्ने, फोहोर व्यवस्थापनलाई अनिवार्य बनाउने, स्थानीय समुदायसँग सहकार्य गरेर दिगो पर्यटनको अभ्यास सुरु गर्ने हाम्रो योजना हुनेछ। युवापुस्ताको भूमिका तपाईं कसरी देख्नुहुन्छ? भविष्य युवापुस्ताकै हातमा छ। उनीहरूलाई नेतृत्वमा ल्याएर नयाँ विचार, प्रविधि र व्यवस्थापन शैली भित्र्याउनु पर्छ। म युवालाई अवसर दिन प्रतिबद्ध छु।
यदि तपाईं अध्यक्षमा विजयी हुनुभयो भने पहिलो १०० दिनको प्राथमिकता के हुनेछ?
सदस्यमैत्री कार्यक्रम घोषणा गर्ने पारदर्शी प्रशासनिक सुधार सुरु गर्ने पर्वतारोहण सुरक्षा मापदण्ड कडाइका साथ लागू गर्ने अन्तर्राष्ट्रिय प्रवर्द्धन अभियान सुरु गर्ने युवालाई समावेश गरेर कार्यदल बनाउनेछु ।

प्रेसिडेन्सियल इन्नोभिस्टा २०२५ भोलिका टेक उद्यमीको सिर्जनात्मक प्रदर्शनी हो: लक्ष्…

विद्यार्थी राजनीति: विगतका वीरगाथा, वर्तमानका प्रश्नहरू

युवा पुस्तामा सकारात्मक सोचको खाँचो

विद्यालय, अभिभावक र विद्यार्थी त्रिकोणात्मक सम्बन्ध

संविधान संशोधनभन्दा पहिले समीक्षा गर्नुपर्छः नेता नेम्वाङ

विद्या भण्डारीलाई एमालेको नेतृत्व हस्तान्तरण गर्न सकिँदैन

संविधान संशोधन अल्पमत र बहुमत नभई आमसहमतिको विषय होः अर्थमन्त्री पौडेल

प्रतिक्रिया