पोखरीमा डुबेर दुई जनाको मृत्यु

राजविराज (सप्तरी)- सप्तरीको खड्क नगरपालिका–६ मा श्रीकृष्णाजन्मष्टमीको मूर्ति सेलाउने क्रममा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका–७ का १८ वर्षीय राजा चौधरी रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
उनका अनुसार श्रीकृष्णाजन्मष्टमीका अवसरमा गाउँमा बनाइएको मूर्ति सेलाउन सार्वजनिक पोखरीमा जाँदा उनको डुबेर मृत्यु भएको हो । डुबेर अचेत भएका चौधरीलाई गाउँलेहरूले राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचारका लागि ल्याएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै घोंघी टिप्न गएका बेला वडा नं २ सीतापुरका स्थानीय सजनी सदाको पोखरीमा डुबेर मृत्यु भएको छ । सदा घरबाट करिब दुई किलोमिटर उत्तरमा रहेको रञ्जन चौधरीको निजी पोखरीमा घोंघी टिप्न गएका बेला डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

चक्कु प्रहारबाट युवकको मृत्यु
वीरगञ्ज कारागार भवन जीर्ण : क्षमताभन्दा बढी कैदीबन्दी

सिरहामा केहि दिनभित्रै रोपाइँ सकिने

मधेसको राजस्व सङ्कलनमा प्रगति

फलफूल खेतीतर्फ किसानको आकर्षण बढ्दो

महोत्तरीमा ढिलो गरी सुरु भएको रोपाइँ ७० प्रतिशत पुग्यो
पर्सा कारागारमा दरबन्दी छ, चिकित्सक छैनन्

प्रतिक्रिया