आज यी प्रदेशमा हुनेछ भारी वर्षा

काठमाडौँ- मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहँदा नेपालमा मनसुन केही कमजोर रहेको छ । तथापि बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम भने रहिरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही स्थान तथा मधेस प्रदेशको तराईका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशको पहाडी तथा तराई भूभागलगायत अन्य प्रदेशका पहाडी भागका केही स्थान र तराई भागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी र तराई भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

चट्याङ लागेर एकको मृत्यु, सात घाइते

काठमाडौँ जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित

राशीफलमा यस्तो छ आज तपाईंको भाग्य

सामुदायिक वनको काठ बिक्रीको अनुमतिमा घुस मागेपछि...

निभिया महिला विशेष तीज मेला २०८२ आयोजना हुने

दुर्गा प्रसाईले पार्टी खोल्ने

प्रतिक्रिया