काभ्रेका थप दुई अस्पतालले पाए स्वास्थ्य बिमा स्वीकृति

काभ्रेपलाञ्चोक- स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकका थप दुई अस्पतालले प्रथम सेवा केन्द्रको स्वीकृति पाएका छन् । बनेपा नगरपालिकाद्वारा सञ्चालित बनेपा आधारभूत अस्पताल र मण्डनदेउपुर नगरले सञ्चालनमा ल्याएको आधारभूत अस्पताल स्वास्थ्य बिमा बोर्डमा आबद्ध भएका हुन् ।
दुई नगरका जनप्रतिनिधिलगायतको टोलीले बोर्डसँग आइतबार सम्झौता गरेका थिए । मण्डनदेउपुरका प्रमुख टोकबहादुर वाईबाले स्वास्थ्य बिमालाई प्रभावकारी ढंगले सञ्चालन गर्न नगरपालिका तयार रहेको बताए ।
यो सम्झौतासँगै काभ्रेपलाञ्चोकमा स्वास्थ्य बिमाको प्रथम सेवाविन्दु सञ्चालनका लागि अनुमति पाउने सरकारी स्वास्थ्य संस्थाको सङ्ख्या सात पुगेको छ । यसअघि सुनथान, खोपासी, पाँचखाल र धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र तथा मेथिनकोट प्रादेशिक अस्पतालले स्वीकृति पाइसकेका छन् ।

कैलालीको गेटा आँखा अस्पतालबाट दुई लाख ८० हजारले लिए सेवा

नेपालमा प्राणघातक रोग रुबेला उन्मूलन : विश्व स्वास्थ्य सङ्गठन

काठमाडौँमा डेङ्गु नियन्त्रण गर्न तीन सय युवा परिचालन गरिँदै

अपोलो अस्पतालले नेपाली बिरामीहरूका लागि सुरू गर्यो ग्यास्ट्रोएन्टेरोलोजी र न्य…

‘बोनम्यारो प्रत्यारोपण’ तयारी गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

तनहुँमा आयुर्वेद चिकित्सालयमा आकर्षण बढ्दै

आधारभूत अस्पताललाई बजेट अभाव

प्रतिक्रिया