एकीकृत समाजवादीको स्थायी कमिटी बैठक भदौ २५ गते आह्वान

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आन्तरिक विवाद समाधान गर्न यही भदौ २५ गते स्थायी कमिटी बैठक आह्वान गरेको छ ।
पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकमा पार्टी मातहतका प्रदेश, जिल्ला र सम्बन्धित कमिटीको अधिवेशन, पार्टीको आन्तरिक विवाद समाधान, आगामी रणनीतिका विषयमा छलफल हुने पार्टी केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।
उनले बैठकमा समसामयिक राजनीतिक घटनाक्रम,समाजवादी कार्यक्रम, साङ्गठनिक कार्यक्रम, पार्टीले देशभर सञ्चालन गरेको राजनीतिक अभियानअन्तर्गत सुशासन, रोजगारी, समृद्धिलगायत सामाजिक रुपान्तरणका लागि समाजवादी अभियानले देशभर पारेको प्रभावकारिताबारे समीक्षा गरिने जानकारी दिए ।
जनवर्गीय सङ्गठनका कार्यप्रगति साथै महासचिव घनश्याम भुसालको नेतृत्वमा गठित कार्यदलले गरेका कामको समीक्षा गरी नयाँ चरणको कार्यक्रम तय गरिने उपप्रमुख अर्यालले जानकारी दिए।
साथै समाजवादी विचारधारा भएका दलहरूबीच सहकार्य, समन्वय तथा वामपन्थी शक्तिबीच एकताको प्रस्ताव अनुमोदन गरिने बैठकमा समाजवादी मोर्चालाई थप सशक्त बनाउने विषयमा छलफल गरिने जनाइएको छ ।

माओवादीद्वारा सरकारको आलोचना

उपसभामुखमाथि लगाएको आरोप कपोकल्पित, सरकारले हटाए गम्भीर गल्ती : प्रचण्ड (भिडि…

प्रमुख सचेतकले सञ्चै छ भनेर सोध्नुभयो, सञ्चै छु भनेर फर्किएँ : गोकुल बास्कोटा

खाली कागजमा हस्ताक्षर गरेका छौँ : योगेश भट्टराई

खाली कागजमा हस्ताक्षर गरेर फर्किँदै सांसदहरू, २ बजेसम्म हस्ताक्षर गरिसक्न निर्दे…

उपसभामुखलाई हटाउने जोड-घटाउ : कुन दलका कति छन् सांसद ? दुईतिहाई पुर्याउन …

उपसभामुख रानामगरलाई पदबाट हटाउने तयारी : बुढानीकण्ठमा बैठक जारी, सांसदलाई…

प्रतिक्रिया