मंगलबार ०३ भदौ, २०८२
Tuesday, August 19, 2025

प्रमुख सचेतकले सञ्चै छ भनेर सोध्नुभयो, सञ्चै छु भनेर फर्किएँ : गोकुल बास्कोटा

काठमाडौँ- सांसद तथा नेकपा (एमाले)का नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले आफूले पार्टीको निर्देशनअनुसार काम गरेको बताएका छन् । मंगलबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरूको जिज्ञासामा उनले यस्तो बताएका हुन् ।

कार्यालयमा आउनू भनेर आफू आएको उनले बताए । 'सुरूमा कार्यालयमा आउनु भनियो । त्यसपछि प्रमुख सचेतकसँग भेट्नु भनियो' बास्कोटाले भने 'उहाँले ठीक छ भनेर सोध्नु भयो । मैले ठीक छ भनेँ ।'

सञ्चो-बिसञ्चो के छ कसो छ भनेर कुरा सकिएपछि आफु निस्किएको उनले बताए ।

र, यो पनि