विश्वप्रख्यात इभि ब्राण्ड जिलि एक्स र फाइभ जाए एयर नाडा अटो शोमा सार्वजनिक, केके छन् विशेषता ?

काठमाडौँ - विश्वप्रसिद्ध चिनियाँ इभि ब्रान्ड जिलि एक्स र फाइभ जाए एय का गाडीहरू आज मङ्गलबारदेखि सुरु भएको नाडा अटो शोको उद्घाटन समारोहको क्रममा औपचारिक रूपमा सार्वजनिक गरिएको छ । सार्वजनिक भएसँगै Geely EX 5 Max र Pro साथै JY Air Ultra / Lite अत्याधुनिक सुविधाहरू र आकर्षक छुटसहित नेपाली उपभोक्ताहरूका लागि आजदेखि टेष्ट ड्राइभ र खरिद दुवैका लागि उपलब्ध भएका छन् ।
DreamSmart China ड्रिम स्मार्ट चाइनाको अधिकृत आयातकर्ता एलआरआर माटर्सले नेपालमा Geely EX5 भित्राएको हो भने एलआरआर माटर्स जेवाइ अटो ग्रुपको नेपालको लागि पनि आधिकारिक आयातकर्ता रहेको छ ।
यस वर्षको नाडा नाडा अटो अटो शोमा कम्पनीले अटोप्रेमी र खरिदकर्ताहरूका लागि विशेष छुट योजना घोषणा गरेको छ । अब ग्राहकहरूले आकर्षक Geely EX5 Max रु. ६४.९९ लाखमै घर लैजान सक्नेछन्, जुन वास्तविक मूल्य भन्दा रु. ३ लाख कम हो ।
त्यस्तै, स्टाइलिस Geely EX5 Pro रु. ५४.९९ लाखमा उपलब्ध छ, जबकी यसको वास्तविक मूल्य रु. ५८ लाख कायम भएको थियो ।
त्यसैगरी, JY Air का प्रिमियम मोडलहरूमा पनि आकर्षक छुट योजना ल्याइएको छ। सुरुमा रु. ६८ लाखको मूल्य रहेको JY Air Ultra अहिले रु. ६४.९९ लाखमा उपलब्ध छ भने सुरुमा रु. ५४ लाख मूल्य भएको JY Air Lite केवल रु. ४९.९९ लाखमै खरिद गर्न सकिनेछ ।
उक्त विशेष अफरहरूसँगै, एलआरआर मोटर्सले स्टाइल, फिचर र दिगोपनामा रुचि राख्ने नेपाली उपभोक्ताहरूमाझ ई-मोबिलिटीलाई अझ सहज र आकर्षक बनाउन लागेको छ ।
यसैगरी, एलएलआर मोटर्सले Geely EX5 र JY Air दुवै मोडल खरिद गर्ने ग्राहकहरूका लागि विशेष बुकिङ योजना पनि घोषणा गरेको छ । रु. २ लाखको ननरिफण्डेबल बुकिङ गर्ने खरिदकर्ताले छुटसहितको मूल्य सुनिश्चित गर्नुका साथै आइफोन १६ प्रो म्याक्स, वा एक तोला सुन, वा रु. १,८०,००० सम्मको नगद छुटमध्ये कुनै एक पाउने अवसर प्राप्त गर्नेछन् ।
यो सीमित अवधिको अफरले ग्राहकलाई थप मूल्य प्रदान गर्नेतर्फको कम्पनीको प्रतिबद्धता झल्काउने तथा ई–मोबिलिटीलाई अझ आकर्षक बनाउने कम्पनीको विश्वास लिएको छ ।

प्रधानमन्त्रीद्वारा नाडा अटो शो २०२५ को उद्घाटन, नयाँ प्रविधि प्रदर्शनीमा

नाडा २०२५ मा विशेष लन्च मूल्य रु. ३७.९९लाख बाट सुरु हुने गरी नयाँ नामी भिग…

नाडा अटोशो २०२५मा फोटोन र सोकोन ईभीका आकर्षक अफरहरू

हुन्डाई नेपालले ल्यायो ‘दशैँ–तिहार, १० गुणा उपहार’

पोखरामा बीवाईडीको नयाँ शोरूम र बीवाईडी सिलायन ७ को शुभारम्भ

ईभी स्कुटर याडियाले घटायो मूल्य

डोङफेङ मोटर ग्रुपद्वारा भोया अटोमोबाइलमा लगानी वृद्धि

प्रतिक्रिया