मंगलबार ०३ भदौ, २०८२
Tuesday, August 19, 2025

नाडा अटो शोमा प्रधानमन्त्री ओलीद्वारा बीवाईडी एट्टो २ को अनावरण, बुकिङ पनि खुला गरियो

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले बीवाईडीको हालसम्मकै सबैभन्दा सहज मूल्यमा उपलब्ध एसयूभी 'बीवाईडी एट्टो २'को अनावरण गरेका छन् । उनले आज (मंगलबार)देखि सुरु भएको नाडा अटो शो २०२५ मा उक्त एसयूभीको अनावरण गरेका हुन् ।

नेपालमा बीवाईडी अटो इन्डस्ट्री कम्पनी लिमिटेडको आधिकारिक वितरक साइमेक्स इंकले गौरवपूर्ण रूपमा अल–न्यु बीवाईडी एट्टो २ भित्र्याएको हो । नेपालकै सबैको पहुँचयोग्य अर्थात् सबैले किन्न सक्ने कम्प्याक्ट इलेक्ट्रिक एसयूभीको रूपमा रहेको सो ईभीलाई नाडा अटो शो २०२५ मा भव्य समारोहका बीच सार्वजनिक गरिएको हो ।

उक्त अनावरण समारोहमा साइमेक्स इंकका अध्यक्ष अनिल श्रेष्ठ, प्रबन्ध निर्देशक यमुना श्रेष्ठ र बीवाईडी नेपालका ब्रान्ड एमबेसडर हरिवंश आचार्य तथा ब्रान्ड इन्डोर्सर अश्मी श्रेष्ठको उपस्थिति थियो  ।

बीवाईडी एट्टो २ ले सहज र सबैका लागि उपयुक्त मूल्यमा उपलब्ध हुने र सडकमा एसयूभीका साथ उपस्थित हुन चाहने युवा व्यवसायी र परिवारको जीवनशैलीलाई लक्षित गरी कम्प्याक्ट डिजाइन, सहज ह्यान्डलिङ र एसयूभीको व्यवहारिकता संयोजन गरेको छ । यसमा बीवाईडीको प्रसिद्ध ब्लेड ब्याट्री, स्मार्ट इन–क्याबिन प्रविधि तथा प्रिमियम कम्फर्ट फिचर उपलब्ध छ, जसले गर्दा यो गाडीले कम्प्याक्ट एसयूभी प्याकेजमा पनि ठूलो कारको अनुभूति दिलाउँछ ।

बीवाईडी एट्टो २ हाल नेपालमा ४३ लाख ९९ हजार रुपैयाँको प्रारम्भिक मूल्यमा उपलब्ध छ, जसमा ७ किलोवाटको वाल–माउन्टेड चार्जरसमेत समावेश छ ।

कम्प्याक्ट आकारमा दमदार एसयूभी डिजाइन

कम्पनीका अनुसार कम्प्याक्ट र भर्सटाइल डिजाइनमा उपलब्ध बीवाईडी एट्टो २ मा दमदार एसयूभीको सुविधा उपलब्ध छ । ४,३१० एमएम लम्बाइ, १,८३० एमएम चौडाई, १,६७५ एमएम उचाई र २,६२० एमएम ह्विलबेससहित २०० एमएम ग्राउन्ड क्लियरेन्स भएकाले यो शहर तथा शहरोन्मुख सबै नेपाली सडकका लागि उपयुक्त छ ।

बीवाईडी एट्टो २ मा ५१.१३ किलोवाटको क्रान्तिकारी ब्लेड ब्याट्री छ, जसले सिंगल चार्जमा डब्लूएलटीपीअनुसार ३४५ किलोमिटरको ड्राइभिङ रेन्ज दिन्छ । यसमा भएको १०० किलोवाटको परमानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले २९० एनएम टर्क उत्पादन गर्छ र ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति ९ सेकेन्डमै लिन्छ ।