बिहीबार ०५ भदौ, २०८२
Thursday, August 21, 2025

सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

काठमाडौँ- नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालमा व्यक्ति तथा संस्थालाई लक्षित गरी अमर्यादित अभिव्यक्ति सहितको पोष्ट गरी समाजमा सार्वजनिक नैतिकता र शिष्टाचारमा असर पार्ने अभिव्यक्ति दिएको अभियोगमा मकवानपुर मनहरि–३ का मंगलसिंह प्रजा पक्राउ  गरेको छ ।

सामाजिक सञ्जालमार्फत घृणा तथा द्वेष फैलाई चरित्र हत्या गर्ने लगायतको अमर्यादित गतिविधि उपर ब्यूरोले गरेको प्रारम्भिक प्राविधिक अनुसन्धान तथा विश्लेषणबाट प्रजालाई पक्राउ गरेको हो ।

प्रजालाई विद्युतीय (इलेक्ट्रोनिक) कारोवार ऐन, २०६३ अन्तर्गतको कसूरमा मंगलबार काठमाडौँ महानगरपालिका–१० शङ्खमुलबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतको आदेशले दुई दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको ब्यूरोका उपनिर्देशक दीपकराज अवस्थीले जानकारी दिए ।