किम जोङ उनद्वारा नयाँ युद्धपोत निरीक्षण, दक्षिण कोरिया–अमेरिका अभ्यासको आलोचना

सियोल- उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो सबैभन्दा उन्नत युद्धपोत ‘चो ह्योन’ को निरीक्षण गर्दै दक्षिण कोरिया र अमेरिकाबीच सुरु भएको संयुक्त सैन्य अभ्यासको तीव्र आलोचना गरेका छन् ।
उनले यस्तो अभ्यासलाई ‘शत्रुतापूर्ण’ भन्दै आणविक शक्ति विस्तारलाई अझै छिटो अघि बढाउने घोषणा गरे ।
दक्षिण कोरिया–अमेरिकाको ‘उल्ची फ्रिडम सिल्ड’ नामक ११ दिने अभ्यासमा करिब २१ हजार अमेरिकी र १८ हजार दक्षिण कोरियाली सैनिक सहभागी छन् । यस अभ्यासमा कम्प्युटर–सिमुलेटेड युद्ध योजनादेखि फिल्ड प्रशिक्षणसम्म समावेश गरिएको छ । उत्तर कोरियाले भने यसलाई आक्रमणको तयारीका रूपमा व्याख्या गर्दै आएको छ ।
किमले पाँच हजार टन क्षमताको विध्वंसक ‘चो ह्योन’ लाई उत्तर कोरियाको नौसेना आणविक शक्तिको मुख्य आधारका रूपमा वर्णन गरेका छन् ।
यो युद्धपोत विभिन्न एन्टी–एयर, एन्टी–नेभल हतियारसहित ब्यालेस्टिक र क्रुज मिसाइल जस्ता आणविक सक्षम प्रणालीले सुसज्जित छ । यसलाई अर्को वर्षदेखि सक्रिय कर्तव्यमा ल्याउने तयारी भइरहेको छ ।
उत्तर कोरियाले यसै वर्ष दोस्रो र तेस्रो विध्वंसक निर्माणमा समेत काम गरिरहेको जनाएको छ । तर केही जहाज निर्माण प्रक्रियामा समस्या आएकाले बाह्य विशेषज्ञहरूले यसको पूर्ण क्षमतामा शङ्का व्यक्त गरेका छन् ।
किमले अभ्यासलाई ‘पहिलेभन्दा बढी उत्तेजक’ भन्दै सक्रिय र भारी प्रतिकार गर्ने चेतावनी दिएका छन् । उनले सुरक्षा वातावरण दिनप्रतिदिन गम्भीर बन्दै गएको र यसका लागि सैन्य सिद्धान्त तथा अभ्यासमा द्रुत परिवर्तन आवश्यक भएको बताए ।
दक्षिण कोरियाका नयाँ राष्ट्रपति ली जे म्युङले भने वार्ता र विश्वास पुनःस्थापनामा जोड दिँदै सन् २०१८ को अन्तर–कोरियाली सैन्य सम्झौता पुनर्जीवित गर्न चाहेको बताएका छन् ।
तर उत्तरले त्यो सम्झौता पालना नगर्ने घोषणा गरिसकेकाले भविष्यको संवाद अझै अनिश्चित देखिन्छ । (एपी)

युक्रेनको सुरक्षा प्रत्याभूतिका लागि अमेरिकी हवाई सहयोग सम्भव: ट्रम्प
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_Pp1UWUHp9U_9df5ueyzihcrdrykhrszylgselmuegphxckc4dyt1424wwp8t35yjxu4vkk9_mNQ9CKRDgt_xjlgsxmpal86vqt0dmztqp35uoj93oturukbebne9kosljnsr0cs1kyxpol8_RgfXNNTZ2C_iwmomuq12xtsmpno3nmwdoqmvisn99itebzyhwn33mafvpfsltxch322s9uf_6QMNtstKta_ovrtdqnkn8awyq3s8nwqft1f1e9a1qscblmslytzdyrkwwwkglx60jig5xra_aq6O8hb0Mr_enewywpzygabdbp9lqqcstadbve8donwnw7vfaegog7hw4h5c7enjsddwxqe.jpg)
पाकिस्तानमा बाढी र पहिरोको प्रकोपः ३२० को मृत्यु, हजारौँ प्रभावित

युक्रेन युद्धविरामको जिम्मेवारी जेलेन्स्कीको काँधमा : ट्रम्प
_A3MPdgTLYc_dmbmzel8xkkzo0neug4tgaducurlfxlavwdht8whn1kawzgenysyzex2mfys_3YuEKOXEoC_c82wt1xdqptndauxq4cfijweg5woxwmxonek9bjwntetdj0sru5hm4lm0com.jpg)
अमेरिका–रूस शिखर बैठक: वार्ता सकारात्मक ,तर कुनै सम्झौता भएन

आज ट्रम्प-पुटिनबीच वार्ता, यस्तो छ सुरक्षा व्यवस्था

पेरुका पूर्वराष्ट्रपति भ्रष्टाचारको आरोपमा जेल चलान, अहिलेसम्म पाँच पूर्वराष्ट्रप…

अलास्काको सैन्य अड्डामा हुनेछ ट्रम्प र पुटिन वार्ता

प्रतिक्रिया