‘फोर्टी अन्डर ४०’ मा होर इ-स्पोट्र्सका सञ्जन गौतम सम्मानित

काठमाडौँ- सीआर सेभेन होर नामले परिचित होर इ-स्पोट्र्सका संस्थापक तथा ओनर सञ्जन गौतम ‘फोर्टी अन्डर ४०’ २०८२ मा सम्मानित भएका छन् । नेपालमा इ(स्पोट्र्सको विकास र पहिचानमा उनले पुर्याएको योगदानको कदर गर्दै अनलाइनखबरले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई विशेष सम्मान गरेका हुन् ।
राजनीति, समाज, कला–साहित्य, संस्कृति, युवा तथा खेलकुद, ज्ञान–विज्ञान, उद्यमशीलता र प्रवास लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका ४० वर्षमुनिका ४० व्यक्तिलाई सम्मान गरिने ‘फोर्टी अन्डर ४०’ को यो दोस्रो संस्करण हो । हालै सम्पन्न पब्जी मोबाइल वल्र्ड च्याम्पियनशिप पीएमडब्लूसी २०२५ मा होर इ(स्पोट्र्सले नेपालको प्रतिनिधित्व गर्दै ऐतिहासिक सफलता हासिल गरेको थियो ।
साउदी अरबको रियादमा भएको उक्त अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा विश्वका उत्कृष्ट टोलीहरूमाझ प्रतिस्पर्धा गर्दै नेपाली टोलीले उत्कृष्ट कौशल र रणनीति देखाउँदै नवौं स्थान सुरक्षित गरेको थियो । सो उपलब्धिसँगै होर इ(स्पोट्र्सको टिमले करिब १ करोड ७८ लाख रुपैयाँ नगद पुरस्कार जितेको थियो । जुन नेपाली इ(स्पोट्र्स इतिहासकै सबैभन्दा ठूलो उपलब्धिमध्ये एक मानिन्छ ।
यस सफलताले नेपालको इ(स्पोट्र्स उद्योगका लागि नयाँ बाटो खोलेको छ । अन्तर्राष्ट्रिय स्तरमा नेपाली प्रतिभा विश्वकै उत्कृष्ट टोलीसँग काँधमा काँध मिलाएर प्रतिस्पर्धा गर्न सक्ने क्षमता भएको यसले प्रमाणित गरिदिएको छ । यस उपलब्धिले हजारौं युवा गेमरलाई प्रेरित गरेको छ र नेपाललाई अन्तर्राष्ट्रिय इ(स्पोट्र्सको मानचित्रमा दृढ रूपमा स्थापित गरिदिएको छ ।

ठगीको आरोपमा चार जना पक्राउ

राशिफलमा यस्तो आज तपाईंको भाग्य

सामाजिक सञ्जालको दुरुपयोग गर्ने व्यक्ति पक्राउ

सिरहामा आधाभन्दा बढी ‘डिप बोरिङ’ सञ्चालनमा आउन सकेनन्

चट्याङ लागेर एकको मृत्यु, सात घाइते

काठमाडौँ जिल्ला रेडक्रसको सभापतिमा पुनः डोटेल निर्वाचित

आज यी प्रदेशमा हुनेछ भारी वर्षा

प्रतिक्रिया