नेपाल शिक्षक महासंघको आन्दोलन विरुद्ध रिट

काठमाडौं- नेपाल शिक्षक महासंघले आगामी भदौको दोस्रो हप्ताबाट घोषणा गरेको आन्दोलन विरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। कानुन संकायका विद्यार्थी अर्जुन साह र राहुल साहले सोमवार सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन्।
रिट निवेदकद्वयले शिक्षक महासंघको आन्दोलनले शिक्षा प्रणालीमा प्रतिकूल असर पार्ने भन्दै आन्दोलन तत्काल रोक्न माग गरेका छन्। उनीहरूले शिक्षकजस्तो जिम्मेवार पेशामा आवद्ध व्यक्तिहरूले विद्यार्थीको हितविपरीत गतिविधि गर्नु संविधान र कानूनको भावना विपरीत हुने तर्क प्रस्तुत गरेका छन्।
रिटमा शिक्षालयलाई 'राजनीतिक र आन्दोलनकारी अखडा' बनाउने कार्यले विद्यार्थीको शैक्षिक अधिकार हनन हुने र मुलुकको भविष्य प्रभावित हुने उल्लेख गरिएको छ। साथै, सरकारले यस विषयमा आवश्यक पहल नगरेको भन्दै न्यायालयले सरकार र महासंघ दुबै पक्षलाई स्पष्ट निर्देशन दिनुपर्ने माग गरिएको छ।
यसअघि नेपाल शिक्षक महासंघले आफ्ना विभिन्न माग सम्बोधन नभएको भन्दै भदौको दोस्रो सातादेखि चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको थियो। महासंघको आन्दोलनमा कक्षा बहिष्कारदेखि शान्तिपूर्ण प्रदर्शनसम्मका कार्यक्रम रहेका छन्। सर्वोच्च अदालतले यस विषयमा प्रारम्भिक सुनुवाइ कहिले गर्ने भन्ने टुंगो भने लागेको छैन।

कैदी हत्या प्रकरण : मुद्दा फैसलामा ढिलाइ

लामिछानेलाई थुनामै राख्ने आदेश

न्यायाधीश नियुक्त स्वागत नगर्ने बारको अडान

उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्त

प्रसाईलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा पौडेल नियुक्त

बाँकेमा सम्बन्ध बिच्छेद गर्नेहरू बढ्दै

प्रतिक्रिया